थाल्याण्डमा रहेका बर्षमानले सुन्नपर्यो अत्यान्तै दुःखद खबर, ओनसरीलाई तनाव


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, कार्तिक ४ २०७८
365.8K
SHARES

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन (अनन्त)को थाइल्याण्डमा उपचार भइरहेको छ । जण्डिसले थलिएका उनलाई नेपालमा उपचार असम्भव भएपछि थाइल्याण्ड लगिएको हो ।

थाइल्याण्डको समितिभेज अस्पतालमा उनको उपचार भइरहेको छ । पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए ।

नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड मै छिन् । पुनलाई चार वर्षअगाडि पनि यस्तै खालको स्वास्थ्य समस्या देखिएको थियो। त्यसबेला पनि पुनले थाइल्याण्डमा उपचार गराएका थिए।

हरेक बर्ष फ्लोअपका लागि थाइल्याण्ड जान पर्ने भएपनि कोभिडका कारण उनी फ्लोअपका लागि जान सकेका थिएनन् । प्लोअप नहुँदा उनको स्वास्थ्यमा जटिलता थपिएको थियो ।

अहिले क्रमस स्वास्थ्यमा सुधार भइरहेको उनको सचिवालयले जनाएको छ । उनको ज्यानको स्वास्थ्यमा सुधार भएपनि उनको राजनीति स्वास्थ्यमा भने केही गढबढी भएको छ ।

थाल्याण्डमा रहेका उनले त्यही गडबढी भएको दुःखद खबर सुन्न परेको छ । बर्षमान नेपाल बाहिर रहेको मौकाछोपी अध्यक्ष प्रचण्डले उनलाई भनेजस्तै जिम्मेवारी नदिएपछि तनाव भएको छ ।

नेकपा माओवादी केन्द्रमा प्रचण्डपछिका नेताको रुपमा अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री पुनलाई हेर्ने गरिएको छ । उनीहरुको पद र पार्टी भित्रको पकडका विषयमा बेलामौकामा बहस हुने गरेको छ ।

यो पटक त्यस्तै बहस हुनेगरी माओवादीले जिम्मेवारी बाँडफाँड गरेको छ । अर्थमन्त्री शर्मालाई आफ्नो उत्तरअधिकारी बनाउने गरी प्रचण्डले आजैदेखि सेटिङ मिलाएका छन् ।

जनार्दनलाई पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारी दिएपछि बर्षमानलाई छटपटी एको छ । लामो समयदेखि पार्टीको महासचिव हुने आकाँक्षा पालेर बसेका उनलाई पार्टीको महासचिवले गर्ने काम अर्कैलाई दिएपछि छटपटी भएको हो ।

संगठन विभाग पार्टी अध्यक्षा भन्दा पछिको दोश्रो शक्तिशाली विभाग मानिने गर्छ । यसका बर्षमानलाई धोका भएको छ । प्रचण्डले जनार्धनलाई उक्त विभाग दिएर त्यही अनुसारको विभागको जिम्मेवारी दिएर बर्षमानलाई बाइपास गरेको अनुमान लगाइएको छ ।

स्थायी कमिटीको आज बसेको बैठकले ३३ वटा केन्द्रीय विभाग गठन गर्दा जनार्धन संगठन विभागको जिम्मेवारी दिइएको छ भने बर्षमान पुनलाई अर्थ तथा योजना विभागमा थन्क्याइएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए ।