गगन थापाबारे आयो अत्यन्तै दुःखद खबर, नेता कार्यकर्ता निराश

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाल अस्वस्थ्य भएका छन् । उनी अस्वस्थ्य भएको खबर बाहिरिएपछि नेताकार्यकर्ता चिन्तित बनेका छन् ।
पूर्वमन्त्री समेत रहेका थापालाई सामान्य ज्वरोसहितका लक्षण देखिएको छ । २ दिनदेखि नेता थापालाई ज्वरो आएपछि काठमाडौंको ज्ञानेश्वरस्थित निवासमा आराम गरिरहेका छन् ।
नेता थापाले टेलिफोनमा भने, ‘१÷२ दिनदेखि सामान्य ज्वरो आएको छ । घरमै आराम गरेर बसेको छु ।’
घरमै आराम गरिरहेका नेता थापाले चिकित्सकहरूको सल्लाहअनुसार औषधि सेवन गरिरहेका छन् । उनले पीसीआर टेष्टका लागि पठाएको जनाएका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनका लागि तयारीहरू गरिरहेका बेला नेता थापा अस्वस्थ्य भएका छन् । थापाले महामन्त्रीका लागि तयारी गरेका छन् ।
उनले महामन्त्री पदमा मत माग्दै आएका छन् । मत माग्दा माग्दै धपेडि भएपछि ज्वरो आएको जानकारहरुको भनाई छ ।
नेता थापाले भेटघाटलाई पातलो बनाएका छन् । उनले अति आवश्यक काममा मात्रै भेटघाट गर्ने गरेका छन् ।
यसअघि नेकपा एमाले सचिव योगेश भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्री पनि विरामी परेका थिए ।
उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा सामान्य हुँदा घरमै आरामा गरेका उनीहरु पनि अन्तमा अस्पताल भर्ना भएका थिए । File Photo
