इक्यानको चियापान कार्यक्रममा चुनावको झल्को, हेर्नहोस् ३० तस्वीरमा जे देखियो


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, कार्तिक १५ २०७८
4K
SHARES

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । भव्य कार्यक्रमकाबीच काठमाडौँको होटल म्यारिटमा दर्शैं, तिहार, छठ तथा नेपालसम्मतको अवसरका आयोजित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धीत संघ/संस्था, शैक्षिक परामर्श व्यवसायी, विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

इक्यानले हरेक बर्ष नेपालीहरुका महान चाँड बडा दशैं, शुभदिपावली, छठ तथा नेपाल संवतको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ । त्यसकै निरन्तरता स्वरुप यो कार्यक्रमको आयोजना गरिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए ।

इक्यानको यो कार्यक्रमले चुनावी सरगर्मी ह्वात्तै बढेको संकेत पनि गरेको छ । आगामी माघभित्र इक्यान अधिवेशन सम्पन्न गरिसक्न पर्नेछ ।

आजको चियापान कार्यक्रममा भावि नेतृत्वको रुपमा चिनिएका व्यक्तिहरुले छलफल र भेटघाटलाई तिब्र पारेका थिए । मुलत इक्यानको अघिल्लो अधिवेशन सर्वसम्मत भएकाले यो पटक पनि सर्वसम्मत गर्ने गरी प्रयास बारे छलफल भएको सुनिन्थ्यो ।

आगामी अधिवेशनमा आधा दर्जन बढि उमेदवारहरुले प्रतिशपर्धा गर्ने आंकलन गरिएको भएपनि मुख्यत इक्यानका पूर्वउपाध्यक्ष महेशबाबु तिमल्सिना र इक्यानका सल्लाहकार बुद्धी रेग्मीबीच कडा प्रतिशपर्धा हुने देखिएको छ ।

इक्यान श्रोतले दिएको जानकारी अनुसार नेपालको संसदीय राजनीतिको प्रभाव इक्यानमा पनि परेको छ । इक्यान अधिवेशनमा पनि गठबन्धन र नेकपा एमालेबीचमा प्रतिशपर्धा हुने इक्यान उच्च श्रोतको बताएको छ ।

अघिल्लो पटक महेशवाबु तिमल्सिनाले प्रकाश पाण्डेलाई सहयोग गरेकाले यो पटक पाण्डेले तिमल्सिनालाई गठबन्धनको उमेदवारका रुपमा प्रस्ताव गर्ने बुभिएको छ । तिमल्सिना नेपाली कांग्रेस निकट परामर्श व्यवसायी हुन् ।

यद्यपी पूर्वअध्यक्ष विष्णुहरी पाण्डेले पनि पुनः दावि गरेकाले छलफल गरेर निश्कर्षमा पुग्ने इक्यानका एक पूर्वअध्यक्षले बताए ।

नेकपा एमालेको तर्फबाट बुद्धि रेग्मी लड्ने पक्का भएको छ । नेकपा एमाले फुटको असर परामर्श व्यवसायमा पनि परेकाले एमालेको तर्फबाट अध्यक्षका उमेद्वार अरु कोही देखिएका छैनन् ।