डिक्यानको नाम फेरीयो, चियापान कार्यक्रममा व्यवसायीलाई सरप्राइज


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, कार्तिक १६ २०७८
4.9K
SHARES

काठमाडौँ – नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघ (एनडेका)को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

एनडेकाले एक कार्यक्रमका बीच दशैं, तिहार, छठ तथा नेपाल सम्मतको अवसरमा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस निकट विचार राख्ने शैक्षिक परामर्श व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाली कांग्रेसका नेता एनपी साउदको प्रमुख आतित्यतामा चियापान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शैक्षिक परामर्श व्यवसायी, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कांग्रेसको सुवेच्क्षुक संस्थाको रुपमा स्थापित लोकतान्त्रीक शैक्षिक परामर्श संघ नपाल (डिक्यान)को नाम परिवर्तन गरेको नेपाल लोकतान्त्रीक शैक्षिक परामर्श व्यवसायी (एनडेका) बनाइएको थियो ।

नेपाली कांग्रेसले पार्टीका विभिन्न संघ संगठनहरुको अगाडि नेपाल थप्ने नीति लिए अनुसार आफ्नो संस्थाको नाम पनि परिवर्तन भएको एनडेकाका अध्यक्ष दिपक गुरुङले बताए ।

कार्यक्रम सुरुमा आमन्त्रित अतिथिहरुलाई स्वागतसहित तथा शुभकामना दिदै अध्यक्ष गुरुङले ब्यानरमा डिक्यानको ठाउँमा एनडेका राखिदा प्रायलाई दुबिधा उत्पन्न भएको भन्दै स्पष्ट पारेका थिए ।

‘पार्टीबाट भातृ संगठनको नाम अगाडी नेपाल राख्ने निर्देशन आएको छ । सोही निर्देशन अनुसार हाम्रो संगठनको अगाडि पनि नेपाल थपिएको छ ।’ उनले भने, ‘कसैलाई दुविधा नहोस्, यो कांग्रेसकै भातृ संगठन हो । यो नयाँ संस्था हो भन्ने नसोच्नुहोला ।’

संघको उपाध्यक्षमा निरज सिटौला, महासचिवमा सन्तोश प्याकुरेल, सचिव राकेश श्रेष्ठ रहेका छन् ।