माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको संयुक्त डेबिट कार्ड


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, मंसिर ३ २०७८
817
SHARES

काठमाडौँ – माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात भएको छ ।

यो सेवा सुचारु भएसँगै एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्मुत प्राधिकरण, रत्नपार्कको प्राङ्गणमा सम्पन्न भएको छ ।

सोही कार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप–कार्यकारी निर्देशक (अर्थ) डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द« बहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गरेका छन् ।

नेपाल विद्मुत प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेको श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नु भएका छन् ।

समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग अब बैंकिङ्ग क्षेत्रमा मात्र सिमित नरही सहकारीहरु पनि उक्तिकै प्राथमिकतामा राख्न थालेका छन् ।

यसले अवश्य पनि डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास छ ।