साहसी व्यक्ति संधै विजयी हुन्छन्


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, मंसिर ५ २०७८
2.4K
SHARES

काठमाडौँ – साहस विना कुनै ठूलो काम हुन सक्दैन । संसारमा जति पनि ठूला काम भएका छन् ती सबै साहसी मानिसहरूले नै गरेका हुन् । जो बीच बाटोमै साहस त्याग्दछन, उनीहरू कहिले पनि लक्ष्यमा पुग्न सक्दैनन् ।

साहस, मानिसको सबभन्दा ठूलो खम्बा हो । यसैको आडमा मानिस ठूला–ठूला काम गर्न सक्दछ । साहस कै कारणले तेन्जिङ शेर्पा सगरमाथा पुगे । बाटोमा आउने कठिनाइहरू पार गरेर नै कोही पनि मानिस सफलताको सुनौलो संसारमा पुग्न सक्दछ । साहसी र वीर महानुभावहरूले नै मानव जातिलाई नयाँ सन्देश दिएका छन् ।

ईसालाई परमेश्वरको पुत्र मान्नुको कारण उनी साहसी भएकोले नै हो । उनलाई झुकाउनका कै लागि नै उनीप्रति भयंकर अत्याचार गरियो, तर उनी साहसबाट कहिल्यै डगमगाएनन् । अन्ततः उनलाई सलीमा चढाएर मारियो । मृत्यु र सूलीको डरले पनि उनलाई आफ्नो आस्थाबाट झुकाउन सकेन । आफ्नो आस्थाप्रति उनी दृढ थिए ।

हाँस्तै–हाँस्तै उनले प्राण आहुति दिए । उनको यस बलिदानबाट मानव जातिलाई एक ठूलो प्रेरणा प्राप्त भएको छ । आज संसारमा उनको अनुयायीको कुनै कमि छैन । एकपटक स्कटल्यान्डमा सरकारी धर्मविरूद्ध आचरण गरेको अभियोगमा दुई महिलालाई पानीमा डुबाएर मार्ने सजाय दिइयो ।

उनीहरूको दोष के थियो भने उनीहरूले सरकारले दिएको स्वीकृति भन्दा भिन्दै प्रकारले प्रार्थना गरेका थिए । सरकारलाई यो कुरा मन परेन । तीमध्ये एउटीलाई गहिरो पानीभित्र खम्बामा बाँधियो । र अर्कोलाई नडुब्ने गरी पानीमा गाडिएको अर्को खम्बामा बाँधियो ।

त्यसपछि पोखरीमा पानीको मात्रा विस्तारै बढाउँदै लगियो । अधिकारीहरूले के आशा गरेका थिए भने आफ्ना साथीको मृत्युले यो दोस्री महिला विचलित हुन्छे र क्षमा मागेर ज्यान बचाउँछे । तर ती दोस्री महिलाको आस्था डगमगाएन । पानीले नडुबाउञ्जेल उनले प्रर्थना गरिरहिन, साहस छोडिनन् ।

पहिले पहिले आजभोलिजस्तो जमिनमुनि खानीमा उज्यालो थिएन । खानीमा सुरक्षित उज्यालोको आविष्कार सर्वप्रथम जर्ज स्टिभेन्सनले गरेका हुन् । ग्याँसबाट बल्ने बत्तिको प्रयोगको लागि उनी जमिनमुनि खानीमा पुगे । उनले ज्यानको बाजी नै थापेका थिए ।

कुनै पनि दुर्घटना हुन सक्दथ्यो, उनी मर्न पनि सक्दथे । उनी मृत्युसँग डराएनन्, ठूलो साहसले काम गरे । आफ्नो साहस र संकल्प शक्तिको भरमा उनी खानीमा बत्ती लिएर गएका थिए । उनको बत्ती ग्याँसको सहायताले एकचोटी बल्यो र फेरि निभिहाल्यो । कुनै विस्फोटन भने भएन ।

विषालु ग्याँसले कसैलाई पनि असर गरेन । उनले सबैलाई साँच्चै नै अचम्म मै पारे । जो भयभित थिए, जसले विस्फोटले खानी समाप्त पार्दछ भन्ने ठानेका थिए उनीहरू हेरी मात्र रहे, जर्जले भने खानी भित्र बत्ती बालेरै छाडे । अँध्यारोले गर्दा खानीभित्र हजारौं मानिस मर्दथे । उनीहरूलाई बचाउने ठूलो उपाय उनले निकाली छाडे ।

विश्वमा उसकै ख्याति हुन्छ जो साहसी छ । जो कलिनभन्दा कठिन परिस्थितिमा पनि साहसले काम लिन छोड्दैनन् । आज ज(जसको नाम हामी आदरको साथ लिन्छौं, ती सबै एक से एक साहसी थिए । उनीहरूले आफ्नो साहस र वीरताको माध्यमबाट ठूला–ठूला काम गरेर देखाइदिए, जसले उनीहरूलाई ख्यातिको सर्वोच्च शिखरमा पुयाइदियो ।

युद्ध भइरहेको थियो । शहर घेरामा परिसकेको थियो । सम्राट चार्ल्स बाहौं आफ्नो सचिवद्वारा एउटा चिठी लेखाइरहेको थिए । अकस्मात त्यही घरको एक छेउमा बम आएर खस्यो, अनि पड्क्यो, सचिव तर्सियो, हातबाट कलम भुईंमा खस्यो । तर, सम्राट साहसी थिए ।

सम्राटको भित्र साहसको साथसाथै धैर्य र मनमा सन्तुलन पनि थियो । उनले सोधे, ‘किन ? के भयो ? ‘बम खस्यो महाराज । सचिवले जवाफ दियो । ऊ डराइरहेको थियो । ‘बम र पत्रको बीचमा कुनै सम्बन्ध छैन । लेख्दै जाऊ ।’ सम्राटले भने ।

यस्तो अवस्थामा कुनै कायर यस्तो कुरा गर्न सक्दैनथ्यो । तर, सम्राट साहसी थिए । साहसको आवश्यकता प्रत्येक क्षेत्रमा हुन्छ । धर्म, युद्ध, अर्थोपार्जन, व्यापार र अन्य सबै क्षेत्रमा साहसको अति आवश्यकता पर्दछ । जो साहसी छ त्यही आफ्नो क्षेत्रमा नक्षत्र बन्न सक्दछ । कायर र हीन ग्रन्थीको शिकार व्यक्ति कहिल्यै अगाडि बढ्न सक्दैन । यिनीहरू सधै पछाडि नै रहन्छन् ।

धन कमाउन साहसी मानिस नै अगाडि बढ्दछन् । साहसी मानिसहरू व्यापारमा धन लगानी गर्दछन्, घाटासँग डराउँदैनन् । साहसी मानिसहरू नै रातदिन परिश्रम गर्दछन् र अरूलाई पनि मेहनत गर्न प्रेरित गर्दछन् । जो मानिसमा साहस छैन, त्यो मानिस एक हजार रूपियाँको घाटाबाटै विचलित हुन्छ । घाटा सहनको लागि पनि साहस चाहिन्छ नै ।

उत्पादनको साधनमा जति श्रम र पूँजीको महत्त्व छ, साहसको पनि त्यत्तिकै छ । साहसी व्यक्ति नै सदैव सफल उत्पादक हुन सक्दछ । व्यापार व्यवसायको क्षेत्रमा साहसको धेरै आवश्यकता पर्दछ । बजार खोज्नु, उत्पादित वस्तु भण्डारमा संचित रहनु, सरकारी कानुन, हडताल, आगजनी, चोरी, टुट(फुट, आर्थिक मन्दी आदि अनगिन्ती अफ्ठ्यारा समस्याहरू कुनै पनि उद्योगीले वेहोर्नुपर्नेहुन्छ ।

कलाको क्षेत्रमा पनि साहसी नै अगाडि बढ्दछन् । आज जो सफल कलाकारमा गनिन्छ, यदि ऊ साहसीनभएको भए त्यति लोकप्रिय हुँदैनथ्यो, जति आज, उसले सफलताको शिखर चुम्न पनि पाउँदैनथ्यो ।
जो सधै सशंकित हुन्छन्, घरबाट बाहिर निक्लन पनि डराउँछन् मानौं कि उनीहरूलाई आज के हुने हो भन्ने पटक्कै ठेगान छैन र राम्रो होला भन्ने पनि भर छैन, त्यस्ता मानिस जीवनमा कहिल्यै सफल हुँदैनन् । तर, साहसी व्यक्तिहरू भने सधैं विजयी हुन्छन । सारा कठिनाइ साहसी व्यक्तिसँग हार खान्छन् ।

पानीको एउटा थोपा जस्तै तिनीहरू मोती बन्दछन्, जसरी बादलबाट निस्केको एक थोपा पानी सिपीको मुखमा परेपछि मोती बन्दछ । वीर एवं साहसी मानिस त्यसरी नै कठिनाइहरूको अग्नी परीक्षाबाट खारिएर निस्कन्छन, जसरी आगोले सुनलाई शुद्ध बनाउँदछ । बहादुर व्यक्ति नै दुःख र कष्टबाट कहिल्यै डराउँदैन ।