निराशा त्याग्नुस, आधी सफलता त्यही छ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, मंसिर ६ २०७८
2.5K
SHARES

काठमाडौँ – निराशावादी व्यक्ति साहसी हुँदैन । जीवनमा जो आत्महत्या गरेर मर्दछन् तिनीहरूमध्ये अधिकांश निराशावादी नै हुन्छन् । जीवनबाट निराश भएका मानिसहरू पनि हुन्छन् ।

जीवन हो । को छ त्यस्तो मानिस जसको मा संघर्ष छैन ? सघषका नाम नै जीवन हो । केही मानिस संघर्षबाट डराएर प्राण त्याग्दछन । विष खान्छन्, पानीमा फाल हाल्छन्, आत्मदाह गर्दछन ।

प्रत्येक व्यक्तिको जीवनमा यस्ता कठिन संघर्षपूर्ण क्षणहरू आउँछन् नै । त्यसको समाधान गर्नु तपाईंको साहस र आत्मविश्वासमा निर्भर हुन्छ । सच्चा योद्धा उही हो जो भगवानको भर गरेर सबै प्रकारका निराशा विरूद्ध निरन्तर संघर्ष गर्दै साहसको साथ अडिग रहिरहन्छ ।

धेरै मानिस यस्ता थिए जो आफ्नो क्षेत्रमा ख्याति कमाउन सक्दथे । उनीहरू प्रतिभावान कलाकार, साहत्यिकार शिए । र, यिनीहरू आलोचकको कटु आलोचनाले निराश भएर कला साधना नै त्याग्न पुगे ।

उनीहरूले यो सोच्न सकेनन् कि जीवनमा संघर्ष त आउँछ नै, भगवानमा भर गरेर अन्तरात्माले देखाएको बाटोमा निरन्तर हिड्दै लक्षतिर बढ्दै जानु नै जीवनको उद्देश्य हो ।

अन्तरात्माको आवाज भगवान्कै प्रेरणा हो । एक प्रसिद्ध संगीतकार, भायलिन बादक, अमेरिकामा बसोवास गर्न पुग्यो । जब ऊ अमेरिका पुग्यो, आलोचकहरूले भने कि त्यहाँ ऊ भन्दा राम्रा धेरै कलाकारहरू छन् ।

ओलबुल नाम गरेको संगीतकार आलोचकसंग डराएन । एकदिनको पनि संगीत साधनाबाट विमुख भएन । साहस नागेन । ईश्वर र स्वयंको शक्तिमा दृढ विश्वास राखेर उसले निरन्तर साधना कायम नै राख्यो ।

आज विश्व ओलबुलको बारेमा जान्दछ, उसको समकालिन कलाकारलाई थोरैले चिन्दछन्, जो ओलबुल भन्दा राम्रो भनेर आलोचकहरू भन्ने गर्दथे ।

साहस मानसिक शक्तिको कर्ता हो । यदि कर्ता नै हार खान्छ भने निर्णय शक्ति पनि समाप्त भएर जान्छ । उत्साह कम हुन्छ, तर्क–शक्ति क्षीण हुन थाल्छ ।

यस्तो त्यसबेला हुन्छ जब मनुष्यको मनमा शंका र भयले डेरा जमाउन थाल्दछ । यस्तो व्यक्ति निराशावादी हुन पुग्छ । तसर्थ निराशा ल्याग्नुमै आधी सफलता प्राप्त भइसकेको हुन्छ ।