नमजाले फसे प्रधानमन्त्री देउवा, प्रधानमन्त्री कार्यालयले नै छानविन नै छानविन गर्ने


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, मंसिर ८ २०७८
5K
SHARES

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नमजाले फसेका छन् । गएको शुक्रबार उद्घाटन गरेको ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनको प्रशारणमै नआइ उद्घाटन गरेर फसेका हुन् ।

दुबै टेलिभिजनले अहिलेसम्म कुनै प्रसारण उपकरण नल्याएको भेटिएको छ । सूचना तथा प्रसारण विभागले प्रसारण अनुमतिपत्र र पूर्वप्रसारण अनुमति समेत नलिई टेलिभिजन उद्घाटन भएपछि एक समिति बनाएर अध्ययन गरेको थियो ।

विभागका निर्देशक सुदीप भट्टराई संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा अहिलेसम्म पतञ्जलि टेलिभिजन खोल्न कुनै तयारी नै नगरेको उल्लेख छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले टेलिभिजनले अहिलेसम्म स्टुडियो नै तयार नभएको पाइएको बताए । अनुमतिपत्रविना नै प्रसारण उपकरणहरु ल्याएको र जडान गरेको भेटिएमा जफत हुने कानूनी व्यवस्था छ ।

तर, भवन मात्रै उद्घाटन गरेर ‘टेलिभिजन’ भनिएको सरकारी निश्कर्ष छ । ‘अनुमतिविना उपकरण ल्याएको र टेलिभिजन चलाएको पाएपछि कारवाही गर्नुपर्ने देखिएन,’ महानिर्देशक हमालले भने ।

गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेतले ‘टेलिभिजन’ उद्घाटन गरेका थिए । भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा टेलिभिजन उद्घाटन भएपछि यसको वैधताबारे प्रश्न उठेको थियो ।

मण्डिखाटारमा रहेको टेलिभिजनको कार्यालयमा आइतबार नै सरकारको अध्ययन समितिले आकस्मिक निरीक्षण गरेको थियो ।

टेलिभिजनले अहिलेसम्म प्रसारण विभागमा अनुमतिका लागि प्रक्रिया थालेको छैन । तर, विवाद भएपछि अनुमति लिने प्रक्रिया बुझ्न भने पतञ्जलि योग पीठ नेपालका अधिकारीहरु विभागमा पुगिसकेको महानिर्देशक हमालले बताए ।

टेलिभिजनबारे विवाद भएपछि पतञ्जलि योगपीठ नेपालले योगगुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा शुभसाइतका लागि टेलिभिजनको कार्यालय भवनको मात्र उद्घाटन गरिएको दावी गरेको थियो ।

अध्ययन समितिका एक सदस्यले भने प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीलाई गलत सूचना दिएर कार्यक्रममा लगिएको पाइएको बताए ।

‘प्रधानमन्त्रीलाई उद्घाटन कार्यक्रम भनेर झुक्याएबापत विभागले कारवाही गर्न मिल्दैन, त्यसलाई अन्य कानुनका पक्षबाट हेर्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालयले नै चासो लियो भने पतञ्जलिलाई कारवाही गर्न सकिन्छ पनि होला ।’