सुत्नुअगाडि पढ्नुहोस्, दिमाखमा चमत्कारिक परिवर्तन आउने छ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, मंसिर ९ २०७८
2.1K
SHARES

काठमाडौँ – जुन विषयमा तपाईँ पारंगत हुन चाहनुभएको छ, जुन कुरा सिक्न चाहिरहनुभएको छ, या कुनै उपयोगी पुस्तकको अध्ययन गरिरहनुभएको छ, भने त्यसलाई तपाईं राति सुत्नु अगाडि पढ्नुहोस् ।

अरू समयभन्दा सुत्नअगाडि पढेको कुरा बढी सजिलैसँग स्मरण हुन्छ । पढ्न बन्द गर्ने बित्तिकै सुतिहाल्नोस् । पढ्नु र सुनुको बीच अधिक समयको अन्तर हुन नदिनोस् । मतलब पढ्ने काम छोड्ने बित्तिकै सुतिहाल्नुपर्दछ । कुनै अन्य कार्यमा नलाग्नुस्, कुनै कुरामा नअल्मलिनुस् ।

माथि उल्लेखित तरिका अनुसरण गर्दा स्मरण गर्ने अभ्यास बढ्दै जान्छ । यो अभ्यास भएपछि यो तरिका तपार्इँलाई हर समय काममा आउँदछ ।

तपार्इँमा स्मरण शक्ति बढाउने इच्छा छ, त्यसको लागि लगन छ, धैर्य पनि छ भने त्यस्तो कुनै कारण छैन कि तपाइँको स्मृति नबढोस् ।

आफ्नो दैनिक व्यवहारमा पनि तपाईंले केही कुराको अभ्यास गर्नु जरूरी छ । जुन यस प्रकार छ १) कुनै पनि कार्यमा हतार नगर्नुस् ।

२) समय जतिसुकै कम होस् र काम जतिसुकै अधुरो रहोस, तब पनि धैर्य कायमै राख्नुपर्छ । कहिल्यै हताश नहुनुस् । हताश हुनुभयो भने एकातिर काम बिग्रन्छ भने अर्कोतिर समय अझ बढी लाग्न सक्छ । गल्ती भयो भने त झन् दुईपटक गर्नुपर्ने हुन सक्दछ । तपाइँबाट कुनै भूल हुन सक्तछ, फलस्वरूप केही छुट्न सक्तछ ।

३) क्रोधबाट बच्नुहोस् । क्रोधको कारणले स्मति नष्ट हुन सक्दछ । साना–तिना कुरामा पनि यदि तपाई रिसाउनुहुन्छ भने त तपाईं आफ्नै नोक्सान गरिरहनुभएको छ । जति तपाइँ शान्त र संयम राख्नुहुन्छ, त्यति नै स्वस्थ रहन सक्नुहुन्छ । स्मरण शक्ति बढाउन सक्नुहुन्छ ।

४) प्रत्येक वस्तु, कार्य या व्यक्तिमा पूरा ध्यान दिनुस् । हरेक कुरामा गौरव गर्नुहोस् । इच्छा नगरी–नगरी गरिएको कार्य सही हुँदैन । ध्यान दिएर नहेरिएको र नपढिएको कुरा याद रहँदैन ।

५) हरेक क्षण विचारमा नहराउनुस् । मस्तिष्कलाई तनावबाट मुक्त राख्नुस् । तनावग्रस्त व्यक्तिको स्मरण शक्ति क्षीण हुँदै जान्छ ।

६) जोसँग कुरा गर्नुहुन्छ, स्नेहपूर्वक गर्नुहोस् । तपाईंको व्यवहारमा मिठास, सादापन एवं दृढता हुनुपर्दछ । यस्तो हुनसक्यो भने तपाइँलाई दुईवटा फाइदा हुन सक्छ ।

अर्को व्यक्तिमा राम्रो प्रभाव पर्दछ र तपाईं आफ्नो कुरा याद राख्न पनि सक्नुहुन्छ । आफूले बोलेको कुरा भुल्नुहुन्न । तपाइँबाट सही काम हुन्छ भूल कम हुन्छ । स्मरण शक्ति बढाउने अभ्यास हुँदै जान्छ ।