NRIC का लगानीकर्तालाई खुशीको खबर, मूल्य आकासिने निश्चित


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, मंसिर ९ २०७८
39.1K
SHARES

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी (एनआरआईसी)का लगानीकर्ताहरुका लागि खुशीको खबर छ । अब यो कम्पनीको मूल्य आकासिने भएको छ ।

बीमा कम्पनीहरुले गर्ने पुनबीमामा नियामक निकाय बीमा समितिले प्रत्यक्ष हस्तक्षेप गर्दै नयाँ निर्देशन दिएपछि एनआरआईसीका लगानीकर्तामा खुशीयाली छाएको हो ।

समितिले नेपाल पुनर्बीमा र सञ्चालनमा आउने तयारीमा रहेको हिमालयन रि इन्स्यारेन्समा मात्रै पुनर्बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

बीमा कम्पनीहरुले आफ्ना ग्राहकको बीमा गरेका हुन्छन् । त्यसमा सबै जोखिम आफैं नबोकेर बीमा कम्पनीहरुले त्यो बीमा पुनर्बीमा गर्नुपर्ने हुन्छ ।

अहिले बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीहरुमा २० प्रतिशत र बाँकी अन्य कम्पनीमा पुनर्बीमा गर्न सकिने व्यवस्था रहेको छ । यसले स्वदेशी पुनर्बीमा कम्पनीले बजारमा एकाधिकार कायम हुने अवस्था देखिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अब नेपाली पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेको अवस्थामा मात्रै विदेशी बीमा कम्पनीहरुसँग पुनर्बीमा गर्न सक्नेछन् ।

बीम समितिले हिमालयन रि इन्स्यारेन्सलाई सञ्चालन अनुमति दिएपछि यस्तो व्यवस्था गरेको हो । बीम सम्बन्धी विश्वव्यापी मान्यता अनुसार पुनर्बीमा आफ्नै देशमा मात्रै गर्न नहुने प्रचलन छ ।

एकै पटक ठूलो दावी परे बीमा कम्पनीहरुले थेग्न नसक्ने भएकाले पुनर्बीमा विदेशी कम्पनीहरुमा गर्ने प्रचलन छ । नेपालकै पुनर्बीमा कम्पनीले पनि विदेशबाट व्यवसाय ल्याउने गरेको छ ।

‘जस्तो महाभूकम्पले नेपालमा ठूलो क्षति गर्यो, जति बीमा भएका थिए त्यसको पुनर्बीमा नेपालमा नै भएको भए नेपाली कम्पनीहरुले बेहोर्न सक्दैनथे, टाट पल्टन्थ्यो’ एक कम्पनीका सीईओ भन्छन्, ‘स्वदेशी बीमा कम्पनीहरु जोगाउनका लागि पनि पुनर्बीमा शतप्रतिशत नेपालमा गर्नुहुँदैन ।’

विदेशी कम्पनीहरुमा पुनर्बीमा हुँदा नेपाली बिमा कम्पनीहरुले मात्रै सबै दायित्व बहन गर्नुपर्दैन । अहिले कोरोना बिमामा पनि पुनर्बीमा विदेशमा नभएका कारण एकलाख सर्वसाधारणले भुक्तानी पाउन सकेका छैनन् ।