यसरी गर्न सकिन्छ कार्य–क्षमताको विकास


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, मंसिर १० २०७८
2.1K
SHARES

काठमाडौँ – जीवनमा असफल ठानिएका व्यक्तिहरूको जमातमा अधिकतम व्यक्तिहरू शारीरिक एवं मानसिक रूपले पूर्णतः स्वस्थ हुन्छन् । तर पनि उनीहरू पिछडिएका भेटिन्छन् ।

जीवनको दौडमा उनीहरूभन्दा शारीरिक र मानसिक दुवै तवरले कमजोर ठानिएका व्यक्तिहरू धेरै अगाडि आइसकेका हुन्छन् । के कारण छ उनीहरू अगाडि बढ्नुको ? केही मानिस अवसरको अनुकूलता र परिस्थिति उनीहरूलाई अगाडि बढ्न सहायक भयो भन्ने तर्क दिन्छन् ।

निश्चित हदसम्म यो कुरा सही पनि हो । तर यही मात्र चाहि होइन । एउटा अर्को कुरा पनि छ जुन अगाडि बढ्नको लागि महत्त्वपूर्ण र अनिवार्य । त्यो हो परिश्रम, त्यो हो अधिक कार्य ।

त्यसो त सीमाभित्र सबै आफ्नो काम गर्दछन् । सबै परिश्रम र लगनले कार्य गर्दछन् या उनीहरूबाट गराइन्छ । कतिपय व्यक्ति केबल कर्तव्य (काम) पूरा गर्दछन् । नोकरी गर्नु उनीहरूको लागि समय कटाउनु हो ।

उनीहरूमा कर्तव्यपरायणता छैन । जब तलब त्यति नै मिल्दछ भने बढी परिश्रम किन गर्ने ? उनीहरूको सोच यस्तो हुन्छ । सबैको नभए पनि धेरैको सोच यस्तै हुन्छ । प्रायः सरकारी जागीरमा लागेकाहरू यस्तो विचार राख्दछन् “सरकारी काम कहिले जाला घाम अर्थात् दिन बिताउनु नै उनीहरूको उद्देश्य हो ।

केही व्यक्ति जीवनलाई माथि उठाउने कुरा त सोच्छन् । परन्तु उनीहरूमा कार्यक्षमताको अभाव देखिन्छ ।

उनीहरू जति गर्न चाहन्छन् त्यति गर्न सक्ने क्षमता उनीहरूमा हुँदैन । आफ्नो कार्यक्षमता बढाउने इच्छा गरेर पनि अज्ञानतावश त्यसो गर्न उनीहरू सकिरहेका छैनन् ।

कार्यक्षमता बढाएर कोही पनि व्यक्ति अधिक कार्य गरेर आफ्नो क्षेत्रमा माथि उठ्न सक्छ । आफनो आयु बढाउने, समाजमा प्रतिष्ठा पाउने, नोकरीमा उन्नति गर्ने जस्ता प्रगतिको लागि अधिक कार्यक्षमताले निश्चय नै सहयोग पुयाउँछ ।

कार्य क्षमता बढाउनको लागि आत्मविश्वास, कर्तव्यपरायणता, कर्मशिलता आत्मचिन्तन, समयसीमाका बारेमा ध्यान दिन जरूरी छ ।