मुकुन्देले भेटे इन्दीरा, कहिले हुन्छ विवाह ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, मंसिर ११ २०७८
3.6K
SHARES

काठमाडौं – सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे उर्फ मुकुन्देले इन्गेजमेन्ट गरेका छन् ।

झापाकी इन्दीरा सँग्रौलासँग आजमात्रै उनले इन्गेजमेन्ट गरेका हुन् ।

आफूलाई दार्शनिक दाबि गर्दै बिभिन्न राजनीतिक घटना क्रमलाई आधार बनाएर भविष्यवाणी गर्दै आएका मुकुन्देले शुभचिन्तकलाई सरप्राइज दिदै इन्गेजमेन्ट गरेका हुन् ।

केहि वर्ष देखि उनले आफ्नो चाहाना इन्दिरा नामक युवतिसंग विवाह गर्ने बताउदै आएका थिए ।

ठ्याकै आज उनले सामाजिक सञ्जालमा तस्वीर अपलोड गर्दै आफूले इन्दिया सँग्रौलासंग इन्गेजमेन्ट गरेको छोटो जानकारी दिएका छन ।

उनले लेखेका छन्, ‘सरप्राइज, इन्गेजमेन्ट, फुलमाल, औंठी साटासाट, मुकुन्द इन्दिरा, झापा सुरुङ्गा, इन्दिरा सँग्रौला अनि ‘माया’को इमोज ।’

ओभरसियर अध्ययन गरेर सरकारी जागिरेसमेत भएका उनीमा माओवादी आन्दोलनका क्रममा राज्य र विद्रोही तर्फको चेपुवामा परेपछि मासिक विचलन आएको थियो ।

त्यही विचलनका क्रममा रत्नपार्कका रुपमा चढेर भाषण गर्न थालेपछि उनको चर्चा चुलिएको थियो । भाषणको क्रममा आफू मुकुण्दल्याण्डको प्रधानमन्त्री हुने र देशको पहिलो महिला इन्दीरा हुने बताउने गरेका थिए ।

ठूला ठूलो कुरा गर्दै रुखमा चढेर भाषण गर्न थालेपछि पटक पटक राज्यले उनलाई गिरप्तार गरेको थियो ।

मानसिक स्वास्थ्य विग्रीएको भन्दै प्रहरीले उनलाई पाटन अस्पतालमा चेकजाँचका लागि पठाएको बेलामा मुकुन्दले डाक्टरलाई चेस खेल्न आग्रह गरेको किस्सा नेपाली समाजमा चर्चित छ ।

उनको विवाह कहिले हुने कुनै खुलाइएको छैन ।