भीम रावलमाथि सुरक्षा खतरा बढ्याे, प्रहरीले लियाे एक्सन 


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, मंसिर ११ २०७८
6.5K
SHARES

चितवन – एमालेकै कार्यकर्ताबाट सुरक्षा खतरा बढेको भन्दै एमाले उपाध्यक्ष भीम रावललाई सुरक्षाकर्मी थपिएको छ।

महाधिवेशनको बन्दसत्र जारी रहेकै अवस्थामा रावललाई सुरक्षाकर्मी थप गरिएको हो।

शनिबार रावल बस्ने होटेल समेत खुलाइएको छैन।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी इन्द्र रानाले सुरक्षाकर्मी परिचालन गरिएको पुष्टि गरे।

तर, थपिएको संख्या भने यकिन गरेनन्। 

रानाले भने, ‘नेताहरुको सुरक्षा खतरा बढेपछि बढाएका हौं। सुरक्षा खतरा हुने भएकाले भीम रावलको पनि बढाएका छौँ। सबै खालको सुरक्षा रणनीति अपनाइएको छ।’

महाधिवेशनका क्रममा चितवन आएका रावल बिहीबार होटेल होली लजमा बसेका थिए।

त्यसपछि उनी होटेल मोनालिसा सरेका थिए।

तर, शनिबारको होटेल भने गोप्य राखिएको छ।