सफलताको मन्त्र : मिलनसार बन्नुहोस


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, मंसिर १२ २०७८
4.4K
SHARES

काठमाडौँ – मिलनसारिताको गुणले सबैलाई आफूतिर आकर्षित गर्न सकिन्छ । चुम्बकले जस्तै सबैलाई आफूतिर तानेर ल्याउँदछ । यस प्रकार काम पनि बन्दै गर्दछ, कुनै काम पनि रोकिदैन ।

तपाइँले कहिल्यै सोच्नुभएको छ तपाइँका कति मित्र छन् ? कहिल्यै विचार गर्नुभएको छ तपाइँले कति शत्रु कमाउनुभएको छ ? तपाइँको बारेमा मानिस के भन्दछन् ? तपाईंको व्यक्तित्व, रहन–सहन, बोलचाल र व्यवहारको बारेमा तपाइँका परिचित र तपाइँसंग सम्बन्धितहरूले कस्तो राय राखेका छन् ? यी प्रश्नहरूमाथि तपाइँ विचार– गर्नुहुन्छ भने तपाइँलाई आफ्नो बारेमा धेरै कुरा थाहा हुन्छ ।

जब आफ्नो बारेमा तपाइँका चिनजानका मानिसहरूले कस्ता विचार राख्दछन् भन्ने तपाईँलाई थाहा हुन्छ, अब विचार गर्नुस् कि तपाइँमा आफूलाई ठिक लागेका के–कति कमजोरी छन् र तिनलाई कसरी निराकरण गर्न सकिन्छ ।

यी सबै कमी, अवगुणहरूबाट छुट्टी नलिएसम्म तपाइँ प्रशंसाको पात्र बन्न सक्नुहुने छैन । प्रशंसाको पात्र बन्नको लागि, समाजमा लोकप्रिय हुनको लागि सर्वप्रथम तपाइँ मिलनसार बन्न सक्नुपर्दछ ।

मिलनसारिता यस्तो गुण हो जसमा अनेक गुण समाहित हुन्छन् । यसै गुणको बलमा खराब र धूर्त व्यक्ति पनि आफ्नो काम बनाउन सफल हुन्छन् । असल व्यक्तिमा यो गुण हुन्छ भने तिनीहरूको महत्त्व र शक्ति अझ बढ्दछ ।

मिलनसार व्यक्ति वास्तवमा मृदुभाषी, व्यवहार कुशल र नम्र हुन्छन् र यसैले लोकप्रिय पनि हुन्छन् । सबै उसको प्रशंसा गर्दछन् । यस प्रकार मिलनसार व्यक्तिको इज्जत बनिरहन्छ ।

यदि तपाई सबैसँग प्रेमपूर्वक मिल्लस राख्नुहुन्छ भने मान्नुहोस, तपाई संसारको सबैभन्दा मुल्यवान चीज छ । धेरै गुण तपाईसँग छ । सफलताको आधार तपाइँसँग छ । तपाईंलाई जीवनको एउटा महत्त्वपूर्ण कलाको ज्ञान छ । यसै कलाको सहायताले तपाईं उच्चतातिर बढ्दै जान सक्नुहुन्छ । तपाइँमा यो कला छैन, यो गुण छैन भने पनि सिक्न सक्नुहुनेछ ।

यो कलामा पारंगत हुनको लागि प्रथमतः आत्म–केन्द्रीत हुन छाडिदिनुस् । यदि तपाइँ आत्मकेन्द्रीत हुनुहुन्छ, एकाङ्की मन पराउनुहुन्छ, उदास उदास देखिनुहुन्छ, कसैसँग मिलजुल पनि गर्नुहुन्न भने आजबाटै यस्तो बानीलाई त्यागिहाल्नोस् । आफ्नो परिचित र मित्रमण्डलीको घेरा बढाउनुस् ।

बढीभन्दा बढी मानिसहरूसँग तपाइँको सम्पर्क हुन्छ भने तपाइँलाई उनीहरूलाई चिन्ने अवसर पनि प्राप्त हुन्छ । तपाईं जति बढी मानिसहरूलाई चिन्नुहुन्छ तपाइँलाई सिक्ने अवसर पनि त्यति नै प्राप्त भइरहन्छ । संसारका सबै मानिससँग कुनै न कुनै कला, विशेष गुण र महान्ता रहेको हुन्छ ।

प्रत्येकबाट कुनै न कुनै कुरा प्राप्त गर्न सकिन्छ । प्रत्येकबाट केही न केही सिक्न सकिन्छ । जरूरी छ पाउने र सिक्ने इच्छाको । जो खोजीनिती गर्ने सिक्ने चाहना राख्दछ, जो सतत् प्रयासरत पनि छ, उसले प्राप्त गरेरै छाड्छ, सिकेरै छाड्दछ ।

तपाईं पनि पाउन सक्नुहुन्छ, सिक्न सक्नुहुन्छ । धेरै व्यक्तिको भेटघाटले, धेरै व्यक्तिसँग परिचय, उठबसले धेरै भन्दा धेरै गुण र कला सिक्न सकिन्छ ।

तपाइँ आफू लोकप्रिय हुन चाहनुहुन्छ, मानिसले तपाइँलाई मन पराएको हेर्न चाहनुहुन्छ भने सर्वप्रथम यो आवश्यक छ कि तपाइँ पनि अरूलाई मन पराउनुहोस् । तपाइँ अरूलाई मन पराउनुहुन्छ, सम्मान दिनुहुन्छ भने अरूले पनि तपाइँलाई सम्मानपूर्वक स्थान दिन्छ । त

पाइँ अरूबाट जे जस्ता व्यवहारको अपेक्षा राख्नुहुन्छ, पहिले तपाइँ त्यही व्यवहार अरूलाई स्वयम् गर्नुहोस् ।