एस डी मिराकलले विद्यार्थीलाई आकर्षक छात्रवृद्धि दिने


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, पौस १० २०७८
5.1K
SHARES

काठमाडौँ – एस डी मिराकल एजुकेशनल कन्सल्टेन्सीले आफ्नो स्थापना दिवसको अबसरमा विद्यार्थीलाई छात्रवृद्धि दिने भएको छ । एसडी मिराकलमा उपलब्ध सेवाहरुमा भारी छुटसहित छात्रवृद्धि दिने भएको हो ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुलाई लाग्नु शुल्कमा भारी छुट दिने एस डी मिराकलका संचालक गणेश शर्माले बताए ।

यो संस्था शुक्रबार ६ बर्ष पुरा भएर सातौँ बर्षमा प्रबेश गरेको छ । सो अवसरमा बागबजार स्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै संचालक शर्माले यही पौष ११ गतेदेखि १६ गतेसम्म यस संस्थाबाट उच्च शिक्षाका लागि प्रक्रिया सुरु गर्ने विद्याथीहरुलाई ७० प्रतिशत छात्रवृद्धि उपलब्ध गराउने बताए ।

शर्माले एस डी मिराकललाई यहाँसम्म पुर्याउन सहयोग गर्ने विदेशी विश्वविद्यालय, कलेज, विद्यार्थी तथा विद्यार्थीका अभिभावकलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए ।

कोरियामा रहेको DONG-A  विश्वविद्यालयमा दुई जना विद्यार्थी शमशेर तामाङ र रुपेश गान्द्रामा मगरलाई पूर्ण छात्रवृद्धि उपलब्ध गराएको एस डी मिराकलकी बरिष्ठ परामर्शविज्ञ प्रभा पराजुलीले बताइन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका समाजसेवी नारायण रेग्मीले संस्थाको उत्तर-उत्तर  प्रगतिको कामना गर्दै छोटो समयमा धेरै विद्यार्थीलाई छात्रबृद्धि उपलब्ध गराएकोमा धन्यवाद दिए । साथैसहि परामर्श सेवा लिनका लागि एस डी मिराकललाई सम्झिन आग्रह गरे ।

कार्यक्रममा उपस्थित विद्यार्थी तथा अभिभावकहरुले एस डी मिराकलको परामर्श तथा सेवाबाट आफूहरु सन्तुष्ट भएको बताए ।

एस डी मिराकलले दक्षिण कोरिया, अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकामा अध्ययन गर्न चाने विद्यार्थीलाई परामर्शका साथै विभिन्न खालका भाषा शिक्षण कक्षाहरु पनि संचालन गर्दै आएको छ ।