तिम्रो दुःखको कारण तिमी आफै हो : गौतम बुद्ध


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, पौस २६ २०७८
2.9K
SHARES

काठमाडौँ – एक पटक भगवान गौतम बुद्ध सहरमा घुम्दै थिए । बुद्धका विरोधीहरूले त्यो सहरका आम नागरिकको मनमा उनी पाखण्डी हो र हाम्रो धर्मलाई भ्रष्ट गरिरहेका छन् कुराको प्रचार गरिरहेका तिए ।

जसका कारण त्यहाँका जनताले उनलाई आफ्नो शत्रु ठानेका थिए । बुद्धलाई देखेपछि सहरका मानिसहरूले उनलाई राम्रो नराम्रो भन्न थाले र आलोचना गर्न थाले।

गौतम बुद्धले नगरवासीहरूका कुराहरू शान्तिपूर्वक सुनिरहे, केही बोलेनन् । तर जब नगरवासीहरू उनीहरूसँग कुरा गर्दागर्दै थकित भए, तब महात्मा बुद्धले भने, ‘मलाई माफ गर्नुहोस् ! तपाईंहरूले आफ्ना कुरा समाप्त गर्नुभयो भने, म यहाँ जान्छु।’

बुद्धको यो वचन सुनेर त्यहाँका मानिसहरु निकै छक्क परे । त्यहाँ उभिरहेको एक व्यक्तिले भन्यो, ‘ओ ! भाइ, हामीले तिम्रो प्रशंसा गर्दैनौं। हामी तिमिलाई दुर्व्यवहार गर्दैछौं। यो कुराले तिमिलाई केही असर गर्दैन र ?

बुद्धले भने, ‘जतिसुकै गाली गरे पनि म कहिल्यै लिने छैन । तपाईँहरुको दुर्व्यवहारहरूले मलाई असर गर्दैन । जबसम्म मैले तपाईँहरूलाई स्वीकार गर्दैन।’

बुद्धले थप भन्नुभयो, ‘अनि मैले यी गाली नलिँदा कहाँ रहन्छ ? अबस्य तपाईंसँग ।

बुद्धको जीवनको यो सानो घटनाले हाम्रो जीवनमा नयाँ परिवर्तन ल्याउन सक्छ किनभने धेरै मानिसहरू अरूलाई आफ्नो दुःखको कारण मान्छन्। जुन राम्रो कुरा होइन ।

यसो गरेर हामी आफ्नो लागि खाल्डो खन्ने गर्छौं। यो सबै हामीमा निर्भर गर्दछ कि हामी मान्छेको नकारात्मक कुराहरु कसरी लिन्छौं। तिनीहरूलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने हाम्रो कुरा हो ।