प्रभु बैंकका सीइओ : तलबमात्रै खान्छन् झण्डै ४ करोड, काम फुट्टी गर्दैनन्


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, पौस २९ २०७८
17.2K
SHARES

काठमाडौँ – वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मध्ये सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने सीइओ हुन् प्रभु बैंकका अशोक शेरचन । उनले गत आर्थिक वर्ष २०७७/७८ मा ३ करोड ५३ लाख ९५ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

उनले बुझेको पारिश्रमिक अघिल्लो आवको भन्दा ३.४९ प्रतिशतले बढी हो । अघिल्लो बर्ष उनले तलब भत्ता गरेर ३ करोड ४२ लाख ९२ हजार रुपैयाँ बुझेका थिए ।

सीइओ शेरचनले आफ्नो तलव भत्ता साढे ३ प्रतिशतले बढाए पनि संस्थालाई भने साखै उचाईँमा पुर्याउन सकेनन् । केही नयाँ कार्यक्रम खासै सार्वजनिक गर्न नसकेका उनले व्यक्तिगत स्वास्र्थका लागि भने थुप्रै काम गरेका छन् ।

त्यही आर्थिक बर्षमा बैंकले लगानीकर्ताका लागि जम्मा १२.६३ प्रतिशत लाभांश दिने भएको छ । महिनाको २७ लाख भन्दा बढि तलव बुझ्ने बैंकका सीइओले घोषणा गरेको यो लाभांशले जग हँसाएको छ ।

लगानीकर्ताका लागि बैंकले घोषणा गरेको लाभांश पर्खिनभन्दा बैंकहरुले ल्याएका नयाँ मुद्धती खातामा योजनामा सहभागी हुँदा फाइदा हुन्छ ।

भौतिक संरचना, शाखा संजाल र कर्मचारीको मिहिनेत हेर्दा यो लाभांश प्रभु बैंकका लागि केही पनि होइन ।

तर सीईओको असफलता, माथिल्लो तलका कर्मचारीको बारम्बारको किचकिच, बैंकमा रहेका कर्मचारीमा देखिएको गुटबन्दी र लोन रिकभरीमा बैंक असक्षम भएपछि यो तहको परिणाम आएको हो ।

आफ्नो तलव बढाउन सक्ने सीईओले लगानीकर्ताको लाभांश किन बढाउन सकेनन् ? लगानीकर्ताले ठूलो प्रश्नचिन्ह खडा गरेका छन् । आर्थिक बर्ष २०७५/७६ मा १६ प्रतिशत लाभांश दिएको बैंकले अहिले आएर १२ मा झर्नु सीईओको कमजोरी हो ।

बैंकले आर्थिक बर्ष २०७६/७७ मा १०.५२ प्रतिशत लाभांश दिएको थियो । बैंकले कोभिडको कारण देखार पन्छिन खोजेको छ । कोभिडको बहाना बनाउँदै बैंकले आर्थिक बर्ष २०७६/७७ भन्दा २०७७/७८ मा करोडौँको आर्थिक भार कटौटी गरेको थियो ।

अरु थुपै्र आर्थिक भार कटौती गरेका सीइओले आफ्नो पारिश्रमिक नघटाएपछि बैंकभित्र पनि हंगामा मच्चिएको छ ।