एलआइसी नेपालले ल्यायो नयाँँ बीमा योजना, ‘दुहुनु गाई’ जस्तै लाभ लिन सकिने


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, पौस ३० २०७८
1.8K
SHARES

काठमाडौँ – एलआइसी नेपालले गजवको योजना सार्वजनिक गरेको छ । बुधबार पुतलीसडक स्थित कम्पनीको केन्द्रीय कार्यालयमा ‘बाल समृद्धी’ नामक गजबको योजना सार्वजनिक गरेको हो ।

यो योजनामा सरिक हुनेले ‘दुहुनु गाई’ले निरन्तर दुध दिए जसरी लाभ लिन पाइने भएको छ । यो योजनामा जन्मेदेखि ११ बर्षसम्मका बालबालीकाहरु सहभागी हुन् सक्नेछन् ।

यो योजनामा सहभागीले १६ वर्ष उमेर पुरा नहुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष उमेर हुँदासम्म जोखिम बहनको सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

‘अधिकतम ११ वर्षसम्म उमेर पुगेका बालबालिका यस योजानाको लागि बीमा योग्य हुन्छन् र बालबालिका १६ वर्ष पुगेपछि कुनै बीमा शुल्क बुझाउनु पर्नेछैन् ।’ कम्पनीका सूचना अधिकारी सुदर्शन गिरीले भने, ‘बालबालिकाको १६, १७, १८, १९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० प्रतिशतका दरले अग्रिम रुपमा र अन्तिम वर्षमा आर्जित बोनशसहित रकम भुक्तानी हुनेछ ।’

त्यसै गरी कथमकदाचित प्रस्तावकको अस्वभाविक तवरले जीउ–ज्यान गएमा प्रत्येक बीमालेखमा महिना दिवसमा बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने गिरीले बताए ।

यो योजनामा ५० हजार देखि माथि कम्पनीले बहन गर्नसक्ने क्षमतासम्मको रकममा बीमा गर्न सकिनेछ । बीमाशुल्क भुक्तानी वर्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक रुपमा गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्ताछन् यो योजनाका मुख्य विशेषताहरुः

१) १६ वर्ष हुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष हुँदासम्म जोखिम बहन हुने एक मात्र योजना

२) प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानी लाभको रुपमा भुक्तानी गरिने
(यदि प्रस्तावकको मृत्यु भएमा)

३) बालबालिकाको १६, १७, १८, १९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० प्रतिशतका दरले र अन्तिम २० औं वर्षमा आर्जित बोनश सहित रकम भुक्तानी गर्ने धन फिर्ता योजना

४) कुनै कारणले प्रस्तावकको मृत्यु भएमा सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने