निर्वाचन आयोगबाट आयो प्रचण्डको भोक निन्दा चैट हुने खबर !


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, माघ १ २०७८
4.5K
SHARES

काठमाडौँ – निर्वाचन आयोगबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का लागि अत्यन्त दुःखद खबर प्राप्त भएको छ । चुनाव लड्न आँट नगरिरहेका बेलामा आयोगबाट आएको खबर अध्यक्ष प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि झस्काएको छ ।

गठबन्धन नगरी स्थानिय निकायको चुनावको मिति फेर्न कानुन नै परिवर्तन गराउन प्रधानमन्त्री शेर बहादुर देउवालाई दबाब दिइरहेका उनीहरुमाथि आयोगको सुझावपछि झन् ठूलो दबाब परेको हो ।

निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव दिइएको छ ।

आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ भने आउँदो ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले सुझाव दिएका छन् ।

यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दिए ।

कांग्रेसले तोकिएकै मिति आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने सुझाव दिएको छ । १२ माघमा राष्ट्रियसभा निर्वाचन गर्नुपर्ने र यसका लागि मतदान केन्द्र बढाउन सुझाव दिएको छौँ’, कांग्रेस नेता रमेश लेखकले बताए ।

स्थानीय तहको निर्वाचनका विषयमा कांग्रेसले सरकारले छलफलमार्फत निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ । आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन ।

तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिएको छ ।

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेर ६ जेठमा नयाँ जनप्रतिनिधि चयन गरिसक्नुपर्ने एमालेको भनाइ छ । निर्वाचन गर्न मिति १२० दिन अगाडि तोक्नुपर्ने हुन्छ ।