प्रेरक प्रसंग : थोरै कामदारबाट राम्रो परिणाम कसरी निकाल्ने ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, माघ ३ २०७८
4.4K
SHARES

काठमाडौँ – केही मजदुर खेतमा काम गरिरहेका थिए । काम गर्दैगर्दा तिनीहरू बसेर एकअर्कासँग कुराकानी गर्न थाले।

यो देखेर खेत मालिकले उनलाई केही भनेनन् । उसले बेलचा उठाए र आफै काम गर्न थाले । मालिकले काम गरेको देखेर मजदुरहरु लाज मानेर तुरुन्तै काममा फर्किए ।

दिउँसो मालिकले मजदुर कहाँ गएर भने, ‘भाइहरू ! अब काम बन्द गर्नुहोस्। खाना खानुहोस् र आराम गर्नुहोस्। काम पछि हुन्छ ।’

मजदूरहरु खाना खान गए । केही समय आराम गरेपछि उनी काममा फर्किए । साँझ छुट्टीको समयमा छिमेकी किसानले त्यो खेतको मालिकलाई सोधे, ‘दाई ! कामदारहरूलाई समयमै विदा पनि दिनुभयो, तिनीहरूलाई गाली पनि गर्नु भएन । तैपनि तपाईँको खेतको काम मेरो भन्दा दोब्बर कसरी भयो ? जबकी म मेरा मजदूरमाथि निरन्तर निगरानी राख्छु, गाली गर्छु र बिदा पनि दिन्न ।’

खेतको मालिकले भने, ‘भाइ ! म काम गर्नको लागि स्नेह र समानुभूतिलाई कडाइका साथ प्राथमिकता दिन्छु। त्यसैले कामदारहरू लगनशील भएर काम गर्छन् । यसले धेरै काम गर्छ र राम्रो पनि।’

तसर्थ, राम्रो रिजल्ट निकाल्न कामदारसँग आत्मिय व्यबहार गरौँ ।