प्रेरक प्रसंग : तीन जना साथी

काठमाडौँ – एक जना व्यक्तिका तीन जना साथी थिए। उसले तीनै जना साथिलाई जीवनभर साथ दिए । समान व्यवहार गर्यो ।
जब विस्तारै अशक्त हुँदै गयो । शारिरीक रुपमा कमजोर भयो ।
आफू कमजोर भएपछि उसले तीनै जना साथीलाई बोलाएर भन्यो, ‘अब मेरो अन्तिम समय आएको छ। तपाईहरुले मलाई जीवनभर साथ दिनुभयो । मरे पछि पनि साथ दिनुहुन्छ ?’
पहिलो साथीले जवाफ दियो, ‘म जीवनभर तिम्रो साथमा छु। तर अहिले म असहाय छु । म अब तिमीलाई मद्दत गर्न सक्दिन।’ उसले मरेपछि साथ नदिने बतायो ।
अर्को साथीले भन्यो, ‘म मृत्युलाई रोक्न सक्दिन। मैले जीवनभर हरेक परिस्थितिमा तिमीलाई साथ दिएको छु। म तिम्रो अन्तिम संस्कार राम्रोसँग गरिदिने छु ।’ उसको अन्तिम आशय थियो मरेपछि साथ दिन सकिदैन ।
तेस्रो साथीले भन्यो, ‘मित्र ! चिन्ता नगर। मरे पछि पनि साथ दिनेछु। तिमी जहाँ गए पनि म तिम्रो साथमा हुनेछु।’
मानिसका यी तीन मित्र हुन्छन् । १) माल वाला (धनं), परिवारवाला र कर्मवाला । यी तीनमध्ये मानिसको कर्मले मात्र मृत्युपछि पनि साथ दिन्छ।
राम्रो कर्म गर्नेको शरिरीरमात्र मरेर जान्छ । उसले गरेको कर्म जुगौँसम्म बाँचिरहन्छ । तसर्थ राम्रो कर्म गरौँ । कर्मले मृत्युपछि पनि साथ दिन्छ ।
