पेशा बिरामी जाँच्ने डाक्टर, काम ठगी धन्दा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, फाल्गुन ३० २०७८
47.9K
SHARES

काठमाडौँ – काठमाडौंको सुकेधारमा रहेको लगइन कन्सल्टेन्सीको कामै ठगी धन्दा भएको .खुलासा भएको छ । अध्ययनका लागि कोरिया आवेदन दिएका विद्यार्थीहरुको भिसा नलागेपछि यस्तो तथ्य खुलेको हो ।

पेशाले मेडिकल डाक्टर भएको बताउने उज्जन कार्कीले नेपाली विद्यार्थीलाई ललाई फकाई आफ्नो कन्सल्टेन्सीमा बोलाउने र अन्तमा विभिन्न बहाना बनाई ठग्ने गरेका छन् । कोरिया भिसा नलागेपछि कन्सल्टेन्सीले ठग्यो भन्दै मोटिभेट न्यूजको सम्पर्कमा आएका दुई जना विद्यार्थीका अनुसार कन्सल्टेन्सीले सर्भिस चार्ज लगायत विभिन्न शिर्षकमा १ लाखदेखि १ लाख ५० हजारसम्म ठगी गरेको छ ।

शुक्रबार टेलिफोनमा कुरा गर्दै एक विद्यार्थीले भने, ‘वडाको डकुमेन्ट बनाइदिन्छु भन्दै ५० हजार, बैंकको लोन मिलाइदिन्छु भन्दै २० हजार, बैंक सर्टिफिकेट बनाइदिन्छु भन्दै २० हजार, सर्भिस चार्ज भनेर थप ५०÷६० रुपैयाँ खाइदियो सर । अहिले म अस्ट्रेलियाको तयारीमा छु । पहिला आफ्नो करिअरको बारेमा सोच्छु । त्यसपछि त्यो ठगको बारेमा मैले जानेको छु ।’

नाम उल्लेख नगर्ने सर्तमा ती विद्यार्थीले आफूसँग कन्सल्टेन्सीले ठगेको प्रमाण रहेको बताए । ‘म मात्र हैन सर हामी १०÷१२ जना विद्यार्थी छौँ । हामी हाम्रो करिअर प्रति चिन्तित भएर अहिले चुप लागेका छौँ । पैसा रिटन माग्दा उल्टै पुलिस बोलाएर थुन्दिन्छु भन्दै धम्की दियो सर त्यो उज्जन भन्नेले ।’

यी विद्यार्थी ठगीन उनले सामाजिक संजालमा राखेका एक बर्ष अघिदेखिका विज्ञापन हेर्दा हुन्छ । एक बर्षअघिदेखि राखेका विज्ञापन अनुसार उसले कोरियामा अध्ययन, काम र बसाईको विषयमा विज्ञापन गरेका छन् । नेपालको शैक्षिक परामर्श व्यवसाय ‘शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिका अनुसार चलेको छ ।’

उक्त निदेशिकामा विद्यार्थीलाई अलिकती पनि प्रलोभनमा पार्न नहुने व्यवस्था । अझ शैक्षिक कन्सल्टेन्सीले विद्यार्थीलाई कामको लोभ, पिआरको लोभ देखाएर परामर्श दिनु, फ्रि भिसा, फ्रि टिकट भन्नु, आएल्स फ्रि भन्नु, सर्विस चार्ज लाग्दैन भन्नु पनि गैरकानुनी हो । तर उसले खुलेयाम स्टडि, वर्क एण्ड लिभ भन्दै विज्ञापन गरेको थियो ।

दक्षिण कोरिया नेपालको भरपर्दो रोजगार गन्तव्य हो । यहाँ नेपाल सरकारले इपिएस भाषा परिक्षा पास भएका विद्यार्थीलाई पठाउने गरेको छ । सरकारले पठाउने गन्तव्यमा अर्को माध्ययमबाट विद्यार्थी भिसामा गएर पनि काम गर्न पाइन्छ भनेपछि विद्यार्थी उक्त कन्सल्टेन्सीमा पुगेका थिए ।

यस विषयमा बुझ्दा कन्सल्टेन्सीका संचालक उज्जन कार्कीले टिआई टिआईले विज्ञापनमा बकिङ राख्न पाइन्छ भनेकाले राखिएको बताए । विज्ञापनमा किन वर्क र लिभको विषय राख्नुभयो भन्ने मोटिभेटको प्रश्नमा काकीले भने, ‘हामीलाई टिआई टिआईको टेनिङमा वर्किङको कुरा गर्न पाइन्छ भनेको छ । तपाई जान्ने भएर आउने को हो ? टिआई टिआईले किन हप्तामा २० घण्टा काम गर्न पाइन्छ भनेर हामीलाई सिकाएको ?’ ‘सरकारले नै २० घण्टा काम गर्ने अधिकार विद्यार्थीलाई दिएको छ । हामीले त्यही विषय विद्यार्थीलाई भन्दा के फरक पर्यो ।’ उनले भने ।

भ्रामक विज्ञापन गर्नुमै तपाईँको गल्ती छ भन्ने हाम्रो प्रश्नमा उनले अनेत्र विषय मोड्दै उनले उल्टै मोटिभेट न्यूजले धम्की दिएको आरोप लगाए ।

कार्कीले आफू मेट्रो अस्पतालमा विरामी जाँच्ने काम गरिरहेको समेत बताए । ‘म पेशाले डक्टर हो । मेट्रो अस्पतालमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विरामी हेर्ने काम गर्छु । मलाई अस्पतालले बुस्टर डोज लगाउने समेत फुर्सद दिएको छैन । दिनमा ४० जना विरामी हेर्छु । ’

उनको यो भनाई सरासर झुट ठहरियो । उनको बारेमा मेट्रो अस्पलात महाराजगञ्जमा बुझ्दा त्यस्तो नाम गरेको कुनै पनि डाक्टर अस्पतालमा कार्यरत नभएको पाइयो । उनी अस्पतालले १० देखि ४ बजेसम्म बुस्टर डोज खोप लगाउने समेत समय नदिएको बताउँदा उनी हामीसँग सुकेधार स्थित उनको कार्यालयमा गफ गरिरहेका थिए ।

उनले अहिले माल्टा, दुवई र कोरियाको त्यस्तै आक्रामक विज्ञापन गरिरहेका छन । माल्टा पनि विद्यार्थीका लागि उपयुक्त गन्तव्य होइन, त्यहाँबाट ठगीएर फर्किएका हजारौँ विद्यार्थीको पीडा कहाली लाग्दो छ । दुबई पनि रोजगारीका राम्रो गन्तव्य भएपछि अध्ययनका लागि राम्रो छैन ।