प्रेरक प्रसंग : रिसलाई कसरी नियन्त्रण गर्ने ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, माघ १० २०७८
6.9K
SHARES

काठमाडौँ – पश्चिम नेपालको एक पहाडी जिल्लामा एक स्वास्थ्य शिविर राखिएको थियो । उक्त शिविरमा एक महिला पनि आफ्नो समस्या लिएर गइन् ।

महिलाले शिभिरमा उपस्थित डाक्टरसँग आफ्नो समस्या सुनाइन् । उनको समस्या थियो चाँडै रिसाउने । उनले आफू चाहेर पनि आफ्नो रिसलाई नियन्त्रण गर्न नसकेको कुरा डाक्टरलाई बताइन् ।

डाक्टरले आफ्नो झोलाबाट औषधिको शीशी निकालेर उनलाई दिए । डाक्टरले भने, ‘जतिबेला रिस उठ्छ त्यतिबेला यो औषधिको चार थोपा जिब्रोमा हाल्नुहोस् । १० मिनेटको लागि मुखमा औषधि राख्नुहोस्। १० मिनेटको लागि मुख नखोल्नुहोस्, अन्यथा औषधिले काम गर्दैन।’

ति महिलाले औषधि प्रयोग गर्न थालिन् । सात दिनमै उसले रिसाउने बानी हरायो ।

सात दिन पछि, डाक्टरले बोलाएका थिए । ति महिलाले डक्टरको पाउमा परेर धन्यवाद दिइन् । उनले भनिन्, ‘डाक्टरसाप ! तपाईँको औषधिले मेरो रिस हट्यो। अब म रिसाउदिन र मेरो परिवारमा अहिले शान्तिको वातावरण छ।’

त्यसपछि डाक्टरले भने, ‘आमा यो औषधि होइन । मैले त शीशीमा पानी मात्र भरिदिएको थिएँ । चुपचाप बसेर मात्र क्रोधको उपचार गर्न सकिन्छ। किनकी रिसाएको मान्छे सिधै बोल्छ । जसका कारण विवाद बढ्दै गएको छ । त्यसैले क्रोधको उपचार मौनता मात्र हो।’

१० मिनेट मुखमा पानी खारेका कारण तपाईँ बोल्न सक्नुभएन् र रिस मर्यो ।