दुःखको महत्वपूर्ण कारण ‘सम्पत्ति थुपार्नु’


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, माघ ११ २०७८
5.5K
SHARES

काठमाडौँ – एकपटक एक प्रोफेसरल आफ्नो विद्यार्थीसँग जंगलको बाटो भएर जाँदै थिए । बाटोमा एउटा ठूलो रुखको फेदमा मौरीले ठूलो घार बनाएको देखे ।

जुन घारमा मह तौरिरहेको थियो । विद्यार्थीले ध्यान दिएर त्यो घारमा हेरे । त्यो घारबाट मौरीले हात खुट्टा रगडिरहेका थिए ।

त्यो देखेर विद्यार्थीले प्रोफेसरलाई सोधे, ‘गुरु ! यो मौरीले किन खुट्टा रगडिरहेको छ ?’

प्रोफेसरले भने, ‘दानको ठूलो महिमा छ। शिव, दधिची, कर्ण, बली आदि दाताहरुको नाम उनीहरु जिवित नहुँदा पनि चलिरहेको छ ।’

उनले अगाडि भने, ‘जहाँ आज ठूला–ठूला धनीहरूको नाम लिने कोही छैन, जसले आफूमात्रै थपार्छन उनीहरुको नाम कहिँपनि आउँदैन । यी मौरीहरू पनि आफ्नो जीवनको लागि मात्र जम्मा गर्छन् । कहिल्यै दान गर्दैनन् ।’

त्यसैले आज आफ्नो सम्पत्ति नष्ट भएको देखेर दुःखी छन् । त्यही भएर हात खुट्टा रगडिरहेका छन् ।” तसर्थ, अतिरिक्त संचय सधैं दुःखको कारण हो।