कसैको चाकडि होइन काममा ध्यान दिऊँ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, माघ १२ २०७८
6.4K
SHARES

काठमाडौँ – एक वैद्य चर्चित धार्मिक गुरु गोविन्द सिंहको दर्शनको लागि आनन्दपुर गए । भेटमा गुरुले बैद्यलाई भेटेपछि एउटा सल्लाह दिए । उक्त सल्लाह थियो, ‘खाँचोमा परेकाको सेवा गर ।’

त्यहाँबाट फर्किएपछि उनी बिरामीको सेवामा लागे । निस्वार्थ सेवामा लागेकाले उनको नाम शहर भर प्रसिद्ध भयो। एक पटक गुरु गोविन्द सिंह स्वयं उनको घरमा आए ।

उनको काम देखेर गुरु निकै खुसी भए । गुरुजीले केही समय बस्ने बताएपछि उनी अलमलमा परे ।

त्यतिनै बेला एकजना मानिस दौडिएर आयो र भन्यो, ‘वैद्य जी, मेरी श्रीमतीको स्वास्थ्य निकै खराब छ । समयमै उसले उपचार पाइन भने जे पनि हुन सक्छ ।’

वैद्य अलमलमा परे । एकातिर पहिलो पटक उनको घरमा आएका गुरु थिए । अर्कोतिर खाँचोमा परेका बिरामी थिए ।

अन्ततः वैद्यजीले कर्मलाई प्राथमिकता दिएर उपचार गर्न गए । करिब दुई घण्टाको उपचार र हेरचाहपछि बिरामीको अवस्थामा सुधार आयो । त्यसपछि उनी त्यहाँबाट घर फर्किए ।

बैद्यले आफ्नो गुरुलाई समय दिन नपाएको दुःखी हुँदै घर पर्किएका थिए । उनलाई लागेको थियोकी त्यतिन्जेलसम्म तिनीहरू गए होलान्, तर उनी घर पुग्दा उनी निकै छक्क परे ।

गुरुजी उनको पर्खाइमा बसिरहेका थिए । वैद्यजी खुट्टामा ढले । गुरु गोविन्द सिंह जीले उनलाई अँगालो हालेर भने, ‘तिमी मेरो सच्चा शिष्य हौ। सबैभन्दा ठूलो सेवा भनेको खाँचोमा परेकालाई सहयोग गर्नु हो।’

गरिब र खाँचोमा परेकाहरूलाई पहिले सेवा गर्नुपर्छ।