कस्तो अच्चम ! खाता नखोलेरै ऋण दिन्छ एनसीसी बैंक

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)को अनौठो घटना सार्वजनिक भएको छ । बैंकले दिने शैक्षिक कर्जामा खाता नखोली कर्जा स्वीकृत गर्ने गरेको पाइएको छ ।
शैक्षिक कर्जा लिएर अध्ययनका लागि बेलायत पुगेका विद्यार्थीहरु बेलायतको अध्यागमनबाट फर्किएपछि यस्तो रहस्य खुलेको हो ।
विषय हो, गएको जनवरी १८ तारिखको । अध्ययनका लागि बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकसायर (युक्लिन) मा स्नातक तह (ब्याचलर अफ आर्टस् विथ अनर्स इन बिजनेस म्यानेजमेन्ट) पढ्न गएका विद्यार्थी म्यानचेस्टर विमानस्थलमा ओलिए ।
नेपालबाट गएका विद्यार्थीहरुलाई त्यहाँको अध्यागमनका कर्मचारीले केही सोधपुछ गरे । सोधपुछ गर्दा विद्यार्थीले राम्रोसँग उत्तर दिन …