माओवादीका मन्त्री विरुद्ध माओवादीकै व्यवसायी आन्दोलित


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, माघ २८ २०७८
7K
SHARES

काठमाडौँ – नेपालको शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले धरौटी अनिवार्य गर्न लागेको छ । यो विषयले अहिले परामर्श व्यवसायमा तरङ्ग ल्याएको छ ।

परामर्श व्यवसायीका छाता संगठनहरुले यसको चर्को विरोध गरिरहेका छन् । माओवादी केन्द्र निकट व्यवसायीहरुको संगठनले पनि यसको विरोध गरेको छ ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटि अन्तर्गत उद्यमी– व्यवसायी जिल्ला कमिटि मातहतको शैक्षिक परामर्श शाखाले यसको शसक्त प्रतिकार गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको कमिटिको बैठकले शसक्त प्रतिकार गर्ने निणर्य गरेको कमिटिका अध्यक्ष युवराज कटुवालले बताए ।

बैठकले हालै संचार माध्यममा प्रकाशित शैक्षिक परामर्शमा धरौटी सम्बन्धि समाचार प्रति गम्भीर समिक्षा गर्दै शैक्षिक परामर्श व्यवसायमा धरौटी आवश्यक नभएको निश्कर्ष निकालेको उनको भनाई छ ।

‘यो व्यवसायी सेवामुलक सानो व्यवसाय भएकाले कुनै धरौटी आवश्यक छैन् भन्ने हाम्रो बैठकको निश्कर्ष हो ।’ अध्यक्ष कटुवालले भने, ‘यदी जबरजस्त लाद्न खोजिए हामी यसको शसक्त प्रतिरोध गर्छौँ ।’

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल शिक्षा मन्त्री भएको बेलामा धरौटीको विषय आउनु आश्चर्य भएको भन्दै यसले पार्टीको मतदातसमेत घटाउने उनीहरुको निश्कर्ष छ ।