६ वटा व्यवसायीक संस्थाले बुझाए शिक्षा सचिवलाई ज्ञापनपत्र


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, फाल्गुन २ २०७८
6.2K
SHARES

काठमाडौँ – ६ वटा व्यवसायीक संस्थाले शिक्षा सचिव यादव कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), आईरिन, नायर, जालसान र शैक्षिक परामर्श महासंघ निर्माण समितिले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा गएको टोलीले शिक्षा सचिव कोईरालासहित उच्च शिक्षा महाशाखा प्रमुख डा. हरि लम्साललाई पनि ज्ञापनपत्र बुझाएको हो ।

टिमले मन्त्रालयमै गएर ज्ञापनपत्र बुझाएको हो । व्यवसायीहरुले वैदेशिक अध्ययनका सम्बन्धमा देखिएका विविध समस्या तथा समस्या निवारणका उपायहरुका सम्बन्धमा ज्ञापनपत्र बुझाएको इक्यानका अध्यक्ष प्रकाश पाण्डले बताए ।

व्यवसायीहरुको टोलीले परामर्श व्यवसायमा धरौटी जायज नभएको भन्दै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै समस्या समाधानका लागि आफू तयार रहेको बताएका थिए ।

जवाफमा सचिव कोइरालाले यसका लागि मन्त्रालयले नीतिगत पहल लिएको बताएका थिए ।

‘व्यवसायलाई नियमन गर्न आवश्यक भएको तर यसलाई कसरी नियमन गर्ने भन्ने विषयमा हामी छलफलमा छौँ ।’ सचिव कोइरालाको भनाई उदृढ गर्दै अध्यक्ष पाण्डले भने, ‘यसका लागि छलफलमा छरौटीको विषय पनि आएको छ । हामी छलफलमै छौँ । सम्बन्धित महाशाखाले यस विषयमा छलफल गरिरहेको छ ।’

यता महाशाखा प्रमुख लम्सालले व्यवसायीहरसँग छलफल गरेर नै शैक्षिक परामर्श तथा भाषा शिक्षण नियमावली आउने बताएका थिए ।

यस्तो थियो सचिवलाई बुझाएको ज्ञापनपत्र