प्रेरक प्रसंग : आफूलाई अरूसँग तुलना नगरौँ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८
9.1K
SHARES

काठमाडौँ – एउटा कागले सोच्यो चराहरूमध्ये म सबैभन्दा कुरूप छु । न मेरो स्वर राम्रो छ, न मेरो पखेटा सुन्दर छ। म कालो रंगको छु।

यस्तो सोच्दा सोच्दै उसलाई हीनभावनाले ग्रसित गर्यो । एक दिन एउटा बकुल्लाले उसलाई दुःखी देखेर उसको दुःखको कारण सोध्यो ।

कागले भन्यो, ‘तिमी धेरै सुन्दर छौ, गोरो छालाको छौ, म पूरै कालो रंगको छु। मेरो जीवन बेकार छ।’ त्यसपछि बकुल्लाले भन्यो, ‘साथी म कहाँ सुन्दर छु । जब म सुगा देख्छु, मसँग किन हरियो प्वाँख र रातो चुचुरो छैन भनेर अचम्म लाग्छ।’

अब कागमा सुन्दरता जान्नको जिज्ञासा बढ्यो । ऊ सुगा कहाँ गयो । सुगालाई भन्यो, ‘तिमी धेरै सुन्दर छौ, धेरै खुसी हुनुपर्छ ? सुगाले भन्यो, ‘म खुसी थिएँ तर मयूर देखेपछि म धेरै दुखी छु । किनकी त्यो धेरै सुन्दर छ ।’

कागले मयूरलाई खोज्न थाल्यो तर जङ्गलमा कतै मयूर भेटिएन । जङ्गलका चराचुरुङ्गीले सबै मयूरलाई चिडियाखानाले समातेको बताए । काग चिडियाखानामा गयो, खोरमा राखिएको मयूरले आफ्नो सुन्दरताको कुरा गर्दा, मयूर रुन थाल्यो ।

अनि भन्यो, ‘धन्यवाद तिमी सुन्दर छैनौ, तब मात्र खुलेर घुम्छौ नत्र त म जस्तै पिँजडामा थुनिएको हुन्थ्यो ।’

तसर्थ, आफूलाई अरूसँग तुलना गरेर दुःखी हुनु बुद्धिमानी होइन। वास्तविक सुन्दरता हाम्रो असल कर्मबाट आउँछ।