प्रेरक प्रसंग : लक्ष्य विहिन यात्री


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, फाल्गुन १० २०७८
10.7K
SHARES

काठमाडौँ – एक पटक एक धेरै धनी मानिसलाई देखेर, एक केटाले धनी बन्ने निर्णय गर्यो । पैसा कमाउनको लागि उनले धेरै दिनको मिहिनेत गरेर धेरै पैसा कमायो ।

त्यसपछि उनको भेट एक विद्वानसँग भयो । विद्वानको ऐस आराम देखेर उनी छक्क परे र अब विद्वान बन्ने निधो गरे र भोलिपल्टदेखि नै पैसा छोडेर पढाइ लेखाई गर्न थाले ।

भर्खरै उनले अक्षर सिक्दै थिए । त्यही बीचमा उनको भेट संगीतकारसँग भयो । उनले संगीतमा बढी आकर्षण देखे, त्यसैले त्यही दिनबाट पढाइ छाडेर संगीत सिक्न थाले ।

विभिन्न ठाउँहरुमा चाहार्दै गर्दा उनको उमेर बित्यो, न धनी बन्न सके, न विद्वान बन्न सके, न राम्रो संगीतकार बन्न सके । त्यसपछि उनलाई निकै दुःख लाग्यो । एक दिन उनको भेट महान् गौतम बुद्धसँग भयो ।

उनले आफ्नो दुःखको कारण गौतम बुद्धलाई सुनाए । बुद्धले उसको दुःख सुनेर मुस्कुराउँदै भने, ‘बाबु, संसार धेरै सहज छ, जहाँ गए पनि केही आकर्षण अवश्य देखिन्छ । पहिला उपयुक्त निर्णय लेऊ, अनि त्यसलाई निरन्तरता देऊ ।’

उनले अगाडि भने, ‘तिम्रो गडबढी यता र उता भौतारिएर भएको हो । बारम्बार स्वार्थ परिवर्तनले गर्दा कसैले पनि प्रगति गर्न सक्दैन । ती युवकले बुद्धको कुरा बुझे र लक्ष्य तय गरे र अभ्यास गर्न थाले।

माथिको प्रसंगबाट हामीले जे काम गर्छौँ, तन–मनले गर्नुपर्छ भन्ने शिक्षा पाउँछौँ, यता–उता यताउता भौँतार्नुभन्दा एउटै ठाँउमा बसेर मेहनत गर्नु राम्रो हुन्छ, तब मात्र सफलता मिल्छ । तसर्थ, आफ्नो लक्ष्यलाई निश्चित बनाउँ ।