अब ६ हजारमै अस्ट्रेलिया जाने अबसर !


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, फाल्गुन १६ २०७८
12.9K
SHARES

काठमाडौँ – अध्ययनका लागि अस्ट्रेलिया जान चाहाने विद्यार्थीका लागि खुशीको खबर छ । अब ‘६ हजारमै’ अस्ट्रेलिया जान पाइने भएको छ ।

राफल्स एडुकेयर एशोसियट्ले ६ हजार अस्ट्रेलियन डलरमै नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलिया पुर्याउने जनाएको छ । काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै राफल्सका सीइओ दिनेश ढकालले विद्यार्थीलाई सुविधा दिन ‘६ हजारमै अस्ट्रेलिया’ अफर ल्याएको बताए ।

आइटी, हस्पिटालिटी म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट लगायतका ८ वटा विषयमा अध्ययन गर्न जाने विद्यार्थीहरुले यो सुविधा पाउने ढकालको भनाइ छ ।

अस्ट्रेलियाको एकेडेमी अस्ट्रेलसिया कलेजले विद्यार्थीलाई यो अफर दिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । यो अस्ट्रेलियाको पब्लिक लिमिटेड कलेजहरु मध्ये एक हो ।

यो अफर अन्तरगत बिद्यार्थी भिषामा अस्ट्रेलिया जान चाहानेले कम्तीमा ११ र १२ कक्षाको मिलाएर २.४१ जिपिए ल्याएको हुनपर्ने पत्रकार सम्मेलन पछि जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यसका साथै, आईएलटिएसमा कम्तीमा ५.५ अङ्क र पीटिई र टोफेलमा सो सरहको अंक ल्याउने विद्यार्थीहरुले सहजै आवेदन दिन सक्ने बताइएको छ । यो अफर सिमित अबधिका लागि रहेको राफल्सले जनाएको छ ।

राफल्सले यो अफर ल्याएको भनेर पत्रकार सम्मेलन गरे पनि कलेजका आधिकारिक प्रतिनिधिसँग बुझ्दा यो भुटो प्रचार भएको बताएका छन् ।

मोटिभेट न्यूजको सम्पर्कमा आएका एक शैक्षिक परामर्श व्यवसायीका अनुसार ८ हजारसम्म आफूले पठाएको स्वीकारे । ‘मैले ८ हजारमा विद्यार्थी हाल्ने गरेको छु ।’ नाम उल्लेख नगर्ने शर्तमा ती व्यवसायीले भने, ‘म त्यो कलेजको पुरानो प्रतिनिधि हो, मलाई यो अफरको बारेमा जानकारी भएन ।’

यो कलेजका एक अर्का प्रतिनिधिले पनि यो सरासर झुट भएको बताए । उनले कुनै पनि अफर ल्याउँदा पहिला आफूलाई जानकारी हुने समेत बताए । यसरी अफवाह फैल्याउने कन्सल्टेन्सीले गर्दा नेपालको परामर्श व्यवसाय बदनाम भएको उनको भनाई छ ।