सबैलाई जित्ने तरिका


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, फाल्गुन २९ २०७८
36.3K
SHARES

काठमाडौँ – सुकरातलाई शासकहरुले मृत्यु दण्डको सजाए सुनाए । मृत्यु दण्डको सजाए सुनाउँदा पनि उन प्रसन्न देखिन्थे ।

यतिसम्म की विस पिलाउँदा पनि उनको चेहेरामा कुनै डरको भाव देखिएको थिएन । तर उनका शिष्यहरु डरले मुर्मुरिएका थिए । गुरुको आसन्न मृत्युबाट पीडित भएर छटपटिएका थिए । स्वर निकालेरै रोइरहेका थिए ।

यहिक्रममा उनका एक शिष्यले सोधे, ‘यो मृत्युलाई यति सहज रुपमा कसरी स्वीकार गर्न सक्नुभयो गुरु ? जबकी सबै मान्छे मृत्युदेखि डराउँछन् ।’

सुकरात मुस्कुराए र भने, ‘तिमीहरु मृत्युदेखि डराउनुको कारण यो शरिरलाई जिन्दगी ठान्छौ । यो एकदिन मर्ने शरिरलाई, बाह्य रुपमा मर्ने शरिरलाई नै आफू ठान्छौ ।’

उनले अगाडि भने, ‘यो तिमीहरुको अज्ञानता हो । यही अज्ञानताका कारण तिमीहरु डराउँछौँ । तर मैले शरिरभन्दा पर आत्मालाई बुझेको छु, त्यसकारण म डराउँदैन । किनकी म शरिर होइन ।’

उनले लामो हास्दै भने, ‘म त्यो आत्मा हु, जसको न जन्म हुन्छ न मृत्यु । न जायते, न मृयते । त्यो आत्माको बोक्रा न हो शरिर । यसले आत्मालाई छोपेर राखेको न हुन्छ ।’

उनले अगाडि थपे, ‘डरको कारणले मानिसको मानसिक विकास अबरुद्ध भइरहेको हुन्छ । डरका कारण कुनै महान कार्यका लागि शक्तिनै जुटाउन सकिरहेको हुँदैन । किनकी उसलाई बेलाबेला डर लाग्छ ।’

‘त्यही डर हटाएर जो अगाडि बढ्छ उसले संसार जित्छ । सबैलाई जितिदिन्छ । जसलाई जुन बेला मृत्युदेखि डर हुँदैन त्यसबेला मभित्र सुतेर बसेको अर्को मान्छेको जन्म हुन्छ ।’ उनले भने ।

तसर्थ, डरलाई भगाएर आफूभित्र लुकेर बसेको मलाई व्युझाएर विजयको यात्रमा अगाडि बढौँ । विजय सम्भव छ ।