डिपेण्डेन्टका नाममा अबैध बिबाह गर्दा बदनाम बन्दै कन्सल्टेन्सीहरु


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, चैत्र १ २०७८
14.1K
SHARES

काठमाडौँ – बुटवलकी श्रीसा खनाल (नाम परिवर्तन) को कक्षा १२ मा राम्रो अंक आएको छ । उनको पारिवारिक अबस्था सामान्य छ । तर उनी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान चाहान्छिन् । त्यसका लागि उनी धेरैवटा कन्सल्टेन्सी धाइन् ।

त्यस्तै विराटनगरका आदर्श ओली नाम (परिवर्तन) को दुई पटकसम्म विद्यार्थी भिसा नलागेपछि उनी पनि राम्रो अंक भएको युवतीको खोजिमा थिए । उनी ती युवतीलाई जति पनि खर्च गर्न तयार छन् । केही समयअघि भिसा एप्लाई गरेको कन्सल्टेन्सीले उनको र खनालको भेट गराइदिएको छ ।

अस्ट्रेलियाको एउटा भेट कलेजबाट कन्सल्टेन्सीले ती युवतीको अफर लेटर मगाएको छ । उक्त कलेजको शुल्क छ बार्षिक ११ हजार अस्ट्रेलियन डलर । यो कुरा युवकलाई पूर्ण जानकारी छ तर उनीसँग कन्सल्टेन्सीले ३० लाख रुपैयाँ नेपाली माग गरेको थियो ।

युवकले केही समय कलेज शुल्क, कन्सल्टेन्सीमा लाग्ने सर्भिस चार्ज र भिसा शुल्क मात्र दिने भनेर अडान लिए । तर उनको यो अडानमा कन्सल्टेन्सीले उल्टै धम्की दियो । अन्तै जान धम्की दिएपछि उनी २५ लाख तिर्न तयार भए । तर उनको भिसा लागेन, खनाल मात्र भिसा लागेर अस्ट्रेलिया पुगिसकेकी छन् ।

ओली अहिले कन्सल्टेन्सीमा बुझाएको २५ लाख फिर्ता माग्न धाइरहेका छन् । कन्सल्टेन्सीले पनि स्पन्सर गरेर जाने केटीले पैसा नपठाएको भन्दै बहाना बनाइरहेको छ । प्रहरी केश गर्न उनसँग प्रयाप्त प्रमाण छैन् । नक्कली विहे गरेर जाने खोजेकाले उनले उजुरी गर्ने हिम्मत पनि गरेका छैनन् ।

……………………….

पोखराका हेमराज रिजाल (नाम परिवर्तन) सिन्धुपाल्चोककी श्रीजना ओली (नाम परिवर्तन)सँग नक्कली विवाह गरि दुई बर्षअघि अस्ट्रेलिया पुगे । रिजाल हुने खाने परिवारको भएकाले थापालाई स्पन्सर गर्दै डिपेण्डेन्ट भिसामा अस्ट्रेलिया पुगे । थापा अस्ट्रेलिया गएर छुट्टै बस्ने सोचमा थिइन् ।

धेरै उमेर ग्याप र स्तर नमिल्ने भएकाले उनले छुट्टै बस्ने प्रयास गरिन् । तर रिजालले डिभोर्स गरिदिने धम्की दिए । अस्ट्रेलिया पुगेका ६ महिनाभन्दा अघि डिभोर्स गर्दा विद्यार्थीलाई समस्या हुने भएकाले उनी उनको धम्कीबाट डराइन् र संगै बस्न थालिन् । संगै बसेर खासै केही विग्री.एको थिएन, केही समय बसिसक्दा रिजालले आफूले स्पन्सर गरेको २५ लाख रुपैयाँ फिर्ता मागे र कलेजको अध्ययनबाट अतिरिक्त समयमा आएको आम्दानीको आदा हिस्सा पनि मागे ।

रिजालको नियमित टचरका कारण उनी आर्थिक रुपमा त कमजोर थिइन् नै मानसिक रुपमा पनि थप कमजोर हुँदै गइन् । यो कुरा उनको नजिकका साथीले थापा पाए । झण्डै आत्महत्याको तहमा पुगेकी उनलाई उनका साथीले सान्त्वना दिएर बचाए । अहिले उनीहरु दुबै छुटिसकेका छन् । यतिबेला सम्म थापाले आफ्नो अध्ययनमा पुरा गर्न सकेकी छैनन् ।

यही कारण अस्ट्रेलियामा बर्षमा दर्जनौंले आत्महत्या गरिरहेका छन् । थापा भने नजिकका साथिका कारण आत्महत्या गर्नबाट जोगिएकी छिन् । अहिले शैक्षिक परामर्श व्यवसायमा यस्ता थुप्रै घटनाहरु छन् जसले बोल्न चाहदा चाहाँदै पनि कन्सल्टेन्सीका विरुद्धमा बोल्ने हिम्मत जुटाउन सकेका छैनन् । कोभिडका कारण केही समय भएको लकडाउनले यो विचमा धेरै पीडित भएका छन् । कन्सल्टेन्सीले पैसा उठाएर घर जग्गा तथा शेयर बजारमा लगानी गरेका थिए । अहिले जग्गामा पनि मन्दी छाएको छ भने शेयर बजार पनि ओरालो लागेको छ । चाहेर पनि कन्सल्टेन्सीले पिडितको पैसा फिर्ता गर्न सकेका छैनन् ।

पीडित नौजवानहरुलाई सहयोग गर्नका लागि मोटिभेट न्यूज डटकमले यो स्तम्भ सुरु गरेको छ । तपाईँ पनि कुनै न कुनै प्रकारले कन्सल्टेन्सीको प्रलोभनमा परि पीडित हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । हामी तपाईँको नाम ठेगाना गोप्य राख्दै न्याया दिलाउन पहल गर्नेछौँ । सम्पर्क ९८५११५१६७२ ।