ओके कन्सल्टेन्सीका संचालक पक्राउ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, चैत्र ३ २०७८
17.4K
SHARES

काठमाडौं – प्रहरीले एक जना कन्सल्टेन्सी संचालकलाई पक्राउ गरेको छ । दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका वडा नं. ७ लाहुरेटोल चावहिल बस्ने कोरियन नागरिकलाई पक्राउ गरेको हो । राहदानी नम्बर एम ८५५६६२२७ बाहकदक्षिण कोरियन नागरिक रे सि जङलाई काठमाडौं महानगरपालिका–३ महांकालबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–७ चावहिलस्थित ओके कन्सल्टेन्सीको संचालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाईदिन्छु भनि पीडितबाट रकम लिएर नपठाई रकम ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।