खतरनाक प्लानसहित आएको रहेछ अमेरिकी जहाज, बल्ल खुल्यो रहस्य


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, चैत्र ४ २०७८
749.3K
SHARES

काठमाडौँ – अमेरिकी सेनाको एयर फोर्स जहाज नेपाल आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सेनाको कार्गो जहाज शुक्रबार काठमाडौं आएको हो ।

विभिन्न सामाग्रीहरु छोडेर उक्त जहाज अमेरिका फर्किसकेका छ। उक्त जहाजले के सामाग्री ल्यायो खुलाइएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा तरंग छाएको छ । सामाजिक संजाल प्रयोगकर्ताले फोटा र भिडिओ राखेर अमेरिकी जहाज किन आएको भन्दै चासो व्यक्त गरेका छन्।

विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको छ।

‘आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका सामग्री लिएर आएको हो,’ विमानस्थलस्थित स्रोतले भने, ‘यो पहिलो पटक आएको होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको छ।’

विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ। अमेरिकी सहयोग परियोजना एमसीसी पास भएको एक महिना नपुग्दै सेनाका जहाज आउने आश्चर्यको विषय बनेको भन्दै चर्को विरोध भइरहेको छ ।

धेरैले अमेरिकी सेनाले अध्याधुनिक हतियार ल्याएर आएको विश्लेषण गरेका छन् । तर दूतावासले भने नियमित जहाज नेपाल आएको जनाएको छ ।