रिफ्रेस हुन चन्द्रगिरी जाँदै हुनुहुन्छ ? ख्याल गर्नुहास्, ज्यान जाला


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८
11K
SHARES

काठमाडौं – शुक्रबार र शनिबार रिफ्रेस हुनका लागि चन्द्रागिरी जानेको घुँइचो लाग्ने गरेको छ । काठमाडौंबाट नजिकै, व्यवस्थित र सरल भएकाले धेरैको रोजाइको गन्तव्य बनेको छ चन्द्रागिरी । तर चन्द्रागिरी हिल्सले संचालन गरेको चन्द्रागिरी केबलकारको कमजोरीका कारण सयौँको सातो जाने गरेको छ ।

मंगलबार दिउसो सार्वजनिक भएको एउटा घटनाले केवलकार चढ्न जानेहरु सचेतमात्र होइन् त्रसित हुने अवस्था आएको हो । यात्रा गरिरहेका कारहरु अचानक रोकिएपछि कोकोहोलो नै मच्चिएको थियो । अचानक रोकिएका कारण तीन घण्टापछि खुलेका थिए ।

थानकोट प्रहरीका अनुसार केबल कारमा रोकिएकाहरुको उद्धारका लागि प्रहरी नायब उपरीक्षकको कमाण्डमा २ जना चिकित्सक र नर्सहरुसहितको टोली घटनास्थल पुगेको थियो । रोकिन पुगेका ३७ जनालाई केबलकारहरुबाट फर्काइएको थियो ।

थानकोट प्रहरीका डीएसपी डिल्लीनारायण पाण्डेले ती ३७ जना चढेका कारहरु जेनेरेटरको बिजुली चलाएर फर्काउँदा एउटा कार फर्किने गति ज्यादै सुस्त भएकोले ३० मिनेट लागेको जानकारी दिए । उनहरुको इमर्जेन्सि उद्धार गरिए पनि जेनेरेटरमा समस्या देखिएपछि केही समय केवुलकार संचालनमा अबरोध आएको थियो ।

दिउँसो करिव ३ बजे प्राविधिक गडवडीका कारण केवुलकार संचालनमा समस्या भएको भए पनि हाल पुन संचालन भइसकेको चन्द्रागिरी हिल्सले जनाएको छ । केवुल कार बन्द हुँदा चन्द्रागिरी डाँडामा करिव ४ सय जना रहेको कम्पनीको भनाई छ ।

मर्मतसम्भार समय–समयमा गर्नुपर्नेमा त्यसलाई ख्याल नगर्दा यात्रु कारमै झुण्डिएर बस्नुपर्ने र निसास्सिने अवस्था आएको भन्दै पीडितहरुले केबलकारको निगरानीमा सरकारले ध्यान दिनुपर्ने खाँचो औंल्याएका छन् ।