एनआईसी एसिया बैङ्कले दिएको खुसी


शोभराज बराल
प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८
12.7K
SHARES

काठमाडौँ – ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ यो नारा हो एनआईसी एसिया बैङ्कको । बैङ्कमा खाता खोलेर कारोबार गरेको झन्डै दस वर्षपछि यो नारा मेरो जीवनमा लागु भएको छ । बैङ्कको ग्राहकको नाताले मेरो जीवनमा घटेको एउटा सानो संश्लेषण यहाँ प्रस्तुत गर्दै छु । हुन त यो सामाग्री सम्प्रेषण गर्न अत्यावश्यक त होइन । तर बैङ्कको सेवा विस्तार भएको, सुध्रिएको, अरू बैङ्कहरूलाई पनि आफ्नो सेवा विस्तार गरेर जनतालाई सेवा दिन प्रेरित होस् भन्ने हेतुले यो सामाग्री तयार पारिएको हो ।

कुरा हो २१ चैत्र २०७८, सोमबारको । आइतबार दिउसो मोबाइल बैङ्किङ मार्फत पैसा पठाउन बैङ्कको एप खोलेँ । पासवर्ड बिर्सेको रहेछु । चार चोटि गलत पासवर्ड हानेपछि ब्लक भयो । ब्लक भएपछि नजिकैको शाखामा सम्पर्क गर्न भनेर सन्देश आयो । त्यति आवश्यक नभएकाले खासै वास्ता गरिएन् । समाचार र सूचना खोज्न दौडिन पर्ने भएर होला भोलि पल्टसम्म पनि मोबाइलको पासवर्ड रिसेट गर्ने कुरा याद भएन ।

सोमबार दिउसो १२ बजे ०१–६२०११७८ बाट फोन आयो । सुरिलो स्वरमा महिलाको आवाज सुनियो, नमस्कार ! म एनआईसी एसिया बैङ्कबाट ।

मैले भने, ‘हजुर !’ उताबाट एक धार्नीको प्रश्न तेर्सियो, ‘तपाईँको मोबाइल बैङ्किङ ब्लक भएको हो ?’

हजुर !

‘के तपाईँलाई थाहा छ, आज भोलि एनआईसी एसिया बैङ्कको मोबाइल बैङ्किङको पासवर्ड आफै परिवर्तन गर्न सकिन्छ नि, मोबाइल बैङ्किङ अन ब्लक गर्न सकिन्छ नि ?’, बैङ्कको महिला कर्मचारीले भनिन् ।

‘हो र !’ मैले आश्चर्य मान्दै सोधेँ ।

‘हजुर तपाईँको मोबाइलमा भएको बैङ्कको एपमा जानुहोस् त !’ मान्छे इन्टरनेटको पहुँचमा छ/छैन । कस्तो अवस्थामा छ, के छ कुनै जानकारी विनै उनले निर्देशन दिइन् । मैले पनि इन्टरनेट भए नभएको खासै ख्याल गरिन । उनले भने अनुसारै गरे ।

अन्तिममा अफिस एरिया (विजुली बजार) को विजुल्ली घुम्न गएको रहेछ । काम सफल हुन सकेन । फोनमा कुरा गरिरहेको बेलामा मोबाइल डाटाले काम गर्दो रहेन छ । मेरोमा त इन्टरनेट रहेनछ, अब के गर्ने ? उनलाई नै प्रश्न गरे ।

उनले तुरुन्त जवाफ फर्काइन्, ‘उसो भए टिपेर राख्नुहोस् । नेट आएपछि रिसेट गर्नुहोला, ट्रान्जेक्सन पासवर्ड पनि चेन्ज गर्नुहोला ।’ जिन्दगीका कसैले पहिलो पटक फोनबाट गतिलो काम सिकाइरहेको थियो । त्यही कामका लागि बैङ्कको शाखा कार्यालयमा जान, आउन लाग्ने समय र त्यहाँ हुने लाइनका कारणले अत्यावश्यक नपरी मेरो मोबाइल बैङ्किङ खुल्ने थिएन । आइतबार रोकिएको काम मंगलबार भयो । त्यो पनि कुनै समय नखर्चेर ।

एनआईसी एसिया बैङ्कले मोबाइल बैङ्किङ लगायत अनलाइनबाट हुने कारोबारलाई व्यवस्थित गर्नका लागि आईसर्भ (ISERVE) सर्भिस सञ्चालन गरेको रहेछ । उनले मलाई पहिला बैङ्कको एप्लिकेशन खोल्न भनिन् । एप्लिकेशनको लेफ्ट साइडमा रहेको अनलाइन सर्भिसेसमा क्लिक गर्न भनिन् । त्यहाँ आईसर्भ (ISERVE), अनलाइन क्रेडिट कार्ड (Online credit card), ओपन न्यु एकाउन्ट(Open New Account), ओपन फिक्स डिपोजिट (Open Fixed Diposit), मेरो शेयर रिन्यु (Mero share Renew) लगायतका विकल्प खुले ।

उनले आईसर्भमा क्लिक गर्न भनिन् । त्यहाँ क्लिक गर्दा मोबाइल बैङ्किङ सर्भिस (Mobile Banking Services), कस्टमर सर्भिस (Customer Sevices), टेलर सर्भिस (Taller Services), कार्ड सर्भिस (Card Services) लगायत अप्सन खुले । उनले मोबाइल बैङ्किङमा क्लिक गर्न भनेकी थिइन् । त्यहाँ क्लिक गर्दा न्यु रजिस्ट्रेसन (New Registration), रिसेट पिन (Reset Pni) , अन ब्लक मोबाइल बैङ्किङ (Unblock Mobile Banking), ब्लक मोबाइल बैङ्किङ (Block Mobile Banking) खुले ।

मेरो मोबाइल बैङ्किङको पासवर्ड बिर्सिएर ब्लक भएको थियो । अन ब्लक मोबाइल बैङ्किङमा क्लिक गरे । खाता नम्बर, मोबाइल नम्बर र इमेल राख्ने अप्सन खुल्यो । सबै विवरण भरिसकेपछि नयाँ पासवर्ड राख्ने ठाउँ आयो । दुई ठाउँमा नयाँ पासवर्ड राखेपछि मेरो मोबाइल बैङ्किङ फेरी सुचारु भयो । र मैले आफ्नो काम सहजै गर्न पाएँ ।

मोबाइल बैङ्किङ, अनलाइन बैङ्किङ, इन्टरनेट बैङ्किङ सेवा सबै बैङ्कले सुचारु गरेका छन् । यो भन्दा अघि पनि मैले मेरो मोबाइल बैङ्किङ पासवर्ड बिर्सिएको थिएँ । ब्लक पनि भएको थियो । त्यो चोटि म बैङ्कसम्म पुग्न परेको थियो । बैङ्कमा गएर, एउटा फारम भरेर नागरिकताको फोटोकपी राखेपछि मात्र यो सेवा पुन सुचारु भएको थियो । त्यही भएर यो चोटि म तत्काल बैङ्कको शाखामा गइन । जहिले आवश्यक पर्ला, जाउँला भनेर बसेको थिए ।

बैङ्कबाट आफै फोन आएर, तपाईँको यस्तो भएको रहेछ भन्दा आनन्द लाग्यो । बैङ्कको एउटा फोनले मेरो बैङ्कसम्म जाने, आउने र लाइन बस्ने समयको बचत गर्‍यो, त्यसको बदलामा मैले यो सामाग्री तयार पारे ।