प्रभु बैंकले लात हानेपछि माछापुच्छ्रे बैंकको शरणमा पुगे सुनिल

काठमाडौँ – प्रभु बैंकले विचौलियाको काम गर्दै आएका सुनिल रेग्मीसँगको सम्झौता तोडेको छ । विदेश अध्ययनका लागि जान चाहाने नेपाली विद्यार्थीलाई विद्यार्थी कर्जामा सहजिकरण गरिदिने सर्तमा प्रभु बैंकले रेग्मीसँग सम्झौता गरेको थियो । सम्झौता अनुसारको काम नभएपछि बैंकले उनीसँगको सम्झौता तोडेको हो ।
केही दिन अघि बैंकको कमलादी शाखाले उनीसँग भएको सम्झौता तोडेको हो । अहिले उनको तर्फबाट आएका कुनै पनि फायल बैंकले स्वीकृत गरेको छैन । विद्यार्थीलाई सिधै शाखामा आउन बैंकले आग्रह गरेको छ । ‘अहिले हामीले कर्जामा अलिकति कडाइ गरेका छौँ ।’ बैंकको माथिल्लो तहका एक कर्मचारीले भने, ‘त्यही …