चुनावी कार्यनीति र यसबारे छरिएका भ्रमहरु


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, बैशाख २० २०७९
6.6K
SHARES

काठमाण्डौ  – २०७४ मा भएको तीनै तहका निर्वाचनहरुलाई हाम्रो पार्टी नेकपाको आठौं केन्द्रीय समितिको पहिलो बैठकले एक मतले खारेज गर्ने निर्णय ग¥यो । तीनै तहका चुनावहरुलाई पार्टीले सफलताका साथ खारेज गरी बहिस्कारको कार्यनीति एकरुपतामा कार्यान्वयन गर्न सफल भएको थियो । त्यसैले हाम्रो पार्टी नेकपालाई जनप्रिय र एउटा वैकल्पिक क्रान्तिकारी पार्टीमा स्थापित ग¥यो । पार्टी, नेतृत्व, कार्यदिशा, विचारधारालाई एक तह माथि उठाउन र जनता माझ पु¥याउन पनि यो कार्यनीति हाम्रो रणनीतिको महत्वपूर्ण अंग बन्यो । यो एकीकृत जनक्रान्तिको परिक्षणको क्रममा गरिएको एक सफल प्रयोग थियो ।

त्यसको ठीक ५ बर्षपछि यहि २०७९ बैशाख ३० मा गर्ने भनिएको स्थानीय चुनावलाई के गर्ने भन्ने सन्दर्भमा छलफल गर्ने अवसर पार्टी केन्द्रीय समितिको १२ औं पूर्ण बैठकलाई प्राप्त भयो । यस बीचका पाँच बर्षहरुमा दश ओटा महत्वपूर्ण बैठकहरु सम्पन्न भएका छन् । पाँच बर्ष पछि भइरहेको यो बैठकको विषयबस्तु महाधिवेशन, एमसीसी र चुनाव भए पनि बैठकको मुख्य अन्तरबस्तु स्थानीय चुनाव बन्न पुग्यो । यो कुनै सैद्धान्तिक विषय नभएर नितान्त कार्यनीतिक विषय थियो तर कतिपय साथीहरुले यसलाई सैद्धान्तिक विषयको स्तरमा उठाएर बहसको रुप दिन थाले पछि यो विषय अलि गंभीर बन्न पुग्यो । विषयबस्तु नौलो नभए पनि बदलिएको परिस्थितिमा यसलाई कसरी प्रयोग गर्ने रु भन्ने विषयले मिडियाहरुमा व्यापक चर्चा पायो । यस पटकको केन्द्रीय समितिको बैठक विगतका यस कारणले पनि चर्चाको विषय बन्यो कि यो बैठक विगतका बैठकहरु भन्दा अलि भिन्न प्रकृति र विशेषताको बन्न पुग्यो । यसो हुनुको पछाडिको कारण एक, देशी–विदेशी प्रतिक्रियावादीहरुको विशेष चासोको विषय बन्नु, दोस्रो, हाम्रा विषयबस्तुहरु पार्टी विधि–पद्धति र अनुशासनभन्दा बाहिर गएर बैठक पूर्व नै बाहिरिनु, तेस्रो, विषयबस्तुको हिसावले कार्यनीति यू टर्नमा आउनु, चौथो, समयको हिसावले निकै चापको बीचबाट पूर्वछलफलहरुको अभावले केन्द्रीय समिति सदस्य तथा कार्यकर्ता पंक्तिमा आकस्मिकता जस्तो बन्न पुग्नु र केही सचिवालयका कमरेडहरु नै यसमा सचेततापूर्वक खेल्न खोज्नु आदि थिए । यी कारणहरुले गर्दा विगतको बैठकहरुको लयभन्दा फरक प्रकृतिको बन्न पुग्नु नै यो बैठकको नौलो विशेषता हो ।
प्रस्तावको हिसावले यो प्रस्ताव छोटो प्रस्ताव ३ महिने कार्ययोजनासहितको पुरक पस्तावको रुपमा आएको थियो । पछि पुरक पदावलीलाई केसले हटाइदियो । यो प्रस्ताव छोटो नै भए पनि यो क्रमभ¨को प्रस्ताव थियो । त्यो हिसावले पनि धेंरै साथीहरुको जाम भएको दिमागलाई एकैचोटी आइसब्रेक गर्न नसक्दाको परिणाम बैठकले अलि लामो समय लिन पुग्यो । यो स्वभाविक थियो कि विषयवस्तु र समय सन्दर्भको हिसाबले छलफल अलि लम्बिन सक्छ र गंभीर छलफलका बीचबाट एकरुपतामा बुझाई बनाएर अहिलेको परिस्थितिलाई चिर्दै अगाडि बढ्न सकिन्छ भन्नेमा मुख्य लिडरसीप ढुक्कै हुनुहुन्थ्यो तर अवस्था त्यसो रहेन किन कि यस पटक दुई जना सचिवालयका कमरेडहरु बैठक पूर्व नै तल तलसम्म बिषयबस्तुहरु लगेर हेडक्वाटरका बिरुद्ध मत खडा गर्ने पूर्वयोजनामा लागी सकेका रहेछन् । महासचिवको सरल स्वभाव, कमरेडहरुप्रतिको विश्वास र सदासयताबाट फाइदा उठाउँदै कमरेडहरुले जुन गुटगत र समानान्तर गतिविधि गर्न पुग्नु भयो यो नै यस पटकको बैठक एक रुपतामा नआउनु र दुश्मनहरुको चलखेल बढ्नुको मुख्य कारण बन्न पुग्यो । यसले अन्ततः हाम्रो पार्टी, क्रान्ति, लिडरसीप र कार्यदिशामाथिको दुश्मनको आक्रमणको कारक बन्न पुग्यो । यसलाई बिडम्बना मान्नु पर्छ कि लामो समय जनयुद्ध पूर्वदेखि सँगसँगै सहकार्य गर्दै आएका नजिकका विश्वास गरिएका भनिएका कमरेडहरुबाटै यस्तो घात होला भन्ने कल्पना पनि गर्न नसकिने कुरा हो । यसको पछाडिका कारणहरु के थिए इतिहासले उजागर गरेर जाने नै छ । यसको लागि केही समय पर्खिनै पर्ने हुन्छ ।
संभवतः हाम्रो पार्टी इतिहासमा ११ दिन बसेको यो बैठक समयको हिसावले सबै भन्दा लामो बैठक थियो । केन्द्रीय समितिको यो बैठकमा अरु विषयहरुमा एकमत भए पनि चुनावलाई भिन्नै तरिकाले उपयोग गर्ने महासचिवको प्रस्तावमा बिहङ्गम छलफल चल्यो । महासचिव कमरेडले चुनावलाई कार्यनीतिको पनि कार्यनीतिको रुपमा प्रस्तुत गर्नु भयो । यसमा सचिवालयमा सचिवालय सदस्यहरु कमरेड कञ्चन र सुदर्शनले विमति राख्नु भयो । केन्द्रीय समितिमा पनि केही कमरेडहरुले असहमति र केहीले सुझावहरु राख्नु भयो । अन्तमा “पार्टी दर्ता गरेर चुनावमा नजाने, एमसीसी र राष्ट्रघात विरोधीहरुलाई चुनावमा सहभागी गराउने र सहयोग गर्ने” निष्कर्षमा प्रस्तावलाई एकमतका साथ पास पनि गरियो । तर बाहिर निस्कने वितिकै सुदर्शन कमरेड र कञ्चन कमरेडले पार्टी नीति र विधि बाहिर गएर तथानाम ढंगले पार्टी हेड्क्वाटरमाथि प्रहार शुरु गर्नुभयो । कतिपय अभिब्यक्तिहरु त पार्टी सदस्यले गर्ने स्तरका पनि थिएनन् । यो हाम्रो पार्टीका सचिवालय सदस्य बोलिरहेको हो कि कुनै बाहिरको पार्टी विरोधी हो भन्ने कन्फ्युजन लाग्ने खालका अभिव्यक्तिहरुले हामी सवैलाई तर¨ित बनायो । यी सबै बाहिर मिडियाहरुमा आएको सार्वजनिकै छ दोहो¥याएर भन्नु परेन । नैतिकता र विधि अनुशासनको पनि सीमा हुन्छ, यसको समेत ख्यालै नगरी यसरी समानान्तर हेड्क्वाटर चलाउन थालेपछि र तथानाम बोल्न थलेपछि महासचिवले पटक पटक वहाँहरुलाई बोलाएर भेटेर यसो नगर्न आग्रह गर्दा पनि वहाँहरुले आफ्नो गुटगत गतिविधि र पार्टीमा निर्णय नै नभएका कुराहरु बाहिर प्रतिक्रियावादी मिडियाहरुमा छटाछुल्ल बनाएपछि हेड्क्वाटरले अख्तियार दुरुपयोग गरेकोले त्यो अख्तियारबाट बञ्चित हुने गरी कार्वाही गरेको सत्य हो । हेड्क्वाटरले उहाँहरुलाई पार्टीबाट निस्कासन गरेको छैन, पार्टी सदस्य खारेज गरेको छैन । मात्र पदमा बसेर पदको दुरुपयोग गरेकोले “अनिश्चित कालका लागि सम्पूर्ण पदहरुबाट मुक्त गरेको” छ दुवै जनालाई । यो अति गरेपछिको प्रारंभिक स्टेप मात्र थियो । अझै पनि उहाँहरुलाई सार्वजनिक रुपले आत्मालोचित भएर आउनु भयो भने छलफल गर्ने ठाउँ छ । केन्द्रीय समितिमा छलफल गर्ने ठाउँ छ । उहाँहरुको नियोजित कर्म कस्तो थियो –
१  पहिलो चरणमा सचिवालयमा महासचिव कमरेडलाई चुनाव सम्बन्धि प्रस्तावबाट पछि हटाउने र बहिस्कारमा लैजाने मनसाय थियो ।
२  दोस्रोमा सो सफल नभए यसलाई पार्टी बाहिर र भित्रबाट दबाव सिर्जना गरी पार्टी केन्द्रीय समितिमा फेल गराइदिने थियो ।
३  तेस्रो स्टेपमा बैठक शुरु भएपछि दिनभरिका बैठकका गतिविधिहरु र भित्र बोलेका कुराहरु जस्तातस्तै बाहिर मिडियाहरुलाई दिएर बाहिरबाट समेत दबाव सिर्जना गर्ने थियो ।

४ चौथो बैठक अवधिभरि दिनभरि बैठकमा बस्ने र बेलुकी खानापछि राति अवेरसम्म आफ्ना गुटको बैठक बस्ने र दिनभरिको बैठकको समीक्षा गर्ने, प्रचार गर्ने, भोलीको प्रचारात्मक र बोल्ने बाँकीले के के बोल्ने भनी जिम्मेवारी बाँडफाँड गरी आआफ्नो निवास फर्किने काम गरिरहे ।
५  पाचौं नेतृत्वले जबरजस्त पेल्ने काम भएमा यहि बैठकबाटै विद्रोह गर्ने र अर्को पार्टी पुनरगठन गर्नेसम्मका प्रचार र अफवाहहरु मिडियाहरुमा र बैठक वरपर पनि यत्रतत्र हल्ला मच्चाउनु भयो । यो क्रम बैठकपछि पनि रोकिएन । जबकि बैठक एकमतका साथ सम्पन्न भएको थियो । यसमा केही थान सीसीएम कमरेडहरु निकै सक्रिय बने । उहाँहरुले क्षेत्रगत जिम्मेवारी बाँडफाँड गरी राष्ट्रिय, अन्तराष्ट्रिय, पूर्व पश्चिम, प्रवास, युवा, विद्यार्थीमा ककसले पहल गर्ने भनी सवैतिर चलखेल गरे । प्रवासमा समेत समानान्तर कमिटी बनाउन निकै जोडबल गरेको प्रमाणहरु पाइयो ।
६  छैटौं, कुरा बैठकपछि बहुमत जुटाउन सकेको खण्डमा महासचिव र प्रवक्तालाई कार्वाही गर्ने ९पदमक्त गर्ने० योजनामा ५ जना साथीहरु निकै सक्रिय हुनु भयो । त्यसमा पनि उहाँहरु असफल हुनु भयो ।
७  सातौं, पछिल्लो समय क। कञ्चनलाई महासचिव बनाउने आकाँक्षा दिलाएर फुरु¨ पारेको देखियो । अलिअलि उहाँलाई तलबाट चोर औंला हालेर बुरुक बुरुक पारेको पनि देखियो । दुई जना कमरेडहरु बाहिर प्रतिक्रियावादी मिडियाहरुमा निकै सक्रिय बनेको पाइयो र जथाभावी भुक्दै समानान्तर हेड्क्वाटर सञ्चालन गर्न थाल्नु भयो ।
८  आठौं, पार्टी फुटाउन र लिडरशीपमाथि कसरी हमला गर्ने योजनामा बाहाना खोजिरहेको बेला साम्राज्यवादी एजेण्ट र बीग हाउसबाट परिचालित मिडियाहरुलाई त “के खोजिस कानो आँखो” नै बन्यो । उहाँहरु दुश्मनका भरपर्दा आँखो बन्न पुग्नु भयोे । वहाँहरु दुश्मनका निकै भरपर्दा र सहयोगी बन्न पुग्नु भयोे । यसले वहाँहरु जानिदो वा नजानिदो ढंगले दुश्मनबाट प्रयोग भइरहनु भएको छ । यो दुखद घटना हो ।
९  नवौं, कमरेड सुदर्शन निश्क्रिय बहिस्कारको पक्षमा र कमरेड कञ्चन प्रस्ताव नै फिर्ता लिएर लिडरशीपलाई असफल बनाउने वहाँहरुको योजना थियो । कञ्चन कमरेडको मत ‘बहिस्कार पनि नभनौं, चुनाव उपयोग पनि नभनौं, पार्टीको क्रान्तिकारी साख मात्र बचाऔं’ भन्दै चुपचाप ९क्बष्भिलअभ० हिड्ने ‘चुपचाप कार्यनीति’को पक्षमा हुनुहुन्थ्यो ।
१०  दशौं, महासचिव कमरेडको प्रस्ताव “जताबाट गए पनि, जुन कार्यनीति बहिस्कार वा प्रयोग अपनाए पनि रक्षात्मक ढंगले जानु हुँदैन, आक्रामक  ढंगले जानु पर्छ भन्ने थियो । वहाँको भनाई निश्क्रिय बहिस्कार र चुपचाप कार्यनीतिको कुनै अर्थ नहुने भन्दै यस पालीको स्थानीय चुनावलाई अहिलेको बस्तुगत र आत्मगत अवस्थालाई ध्यान दिदै बहिस्कारभन्दा उपयोग ९दस्तावेजको भाषामा ‘प्रयोग’० गरेर जान उपयुक्त हुन्छ” भन्ने महासचिव कमरेडको प्रष्ट भनाई थियो ।

यी विषयहरु नै बङ्ग्याई टिङ्ग्याई पार्टीभित्र र बाहिर फैलाइएका भ्रम र अफवाहहरु थिए । जसले सवैतिर एउटा तर¨ पैदा गरेको छ ।
यी अफवाहको कारण — मुख्य गरी सचिवालय तहबाट गरिएको ‘पूर्वनियोजित गुटबन्दी र अराजकता, महत्वाकाँक्षा, कमी कमजोरी र गल्तीहरुको ढाकछोप’ थियो । चुनाव केवल बाहाना मात्र थियो । पार्टीमै आफूलाई एउटा धुरन्धर दार्शनिक र सिद्धान्तका ज्ञाता र बौद्धिक व्यक्तित्व ठान्ने साथीहरुले कार्यनीति र रणनीतिको भेद खुट्याउने बारेमा अनविज्ञ हुनुहुन्थ्यो भनँु भने यो उहाँहरुको अपमान र न्यून मूल्यांकन होला । अनविज्ञ नै थिए भने राजनीति नै पो कसरी गरी खान सकिएला र यो तहका नेताहरुले । विज्ञ नै थिए भने यो नियोजित कर्म विल्कुल बाम बच्कानामर्ज ९बालरोग० हो । यसो हुनुको परिणती कसैको गोटी बन्नु बाहेक अरु विकल्प रहँदैन ।
केन्द्रीय समितिमा आफ्ना मतहरु राख्न पाइन्छ यो एक हरेक केन्द्रीय सदस्यको अधिकार र अनुशासन, विधि–पद्धतिको विषय पनि हो । हरेक बैठकहरुमा चल्ने विषयहरु बहस हुँदैनन् । छलफलका विषय बस्तु अवश्य बन्छन् । अहिले केन्द्रीय समितिमा चलेको छलफल अझ गंभीर छलफल थियो तर बहसको रुपमा थिएन, छलफलको रुपमा थियो र सबै कमरेडहरुले सो छलफलमा खुलेर भाग लिनु भयो, आ–आफ्ना कुरा राख्नु भयो । हामी यसलाई उच्च जनवाद हो भनेर सम्मान नै गरेका छौं र गर्नु पर्दछ । यो छलफलको भिन्नै महत्व पनि छ तर यसलाई नेतृत्वमाथि प्रहार गर्ने हतियार बनाएर दुई जना कमरेडहरुले महाधिवेशन र सम्मेलनहरुमा गरे जस्तै बहसको रुप दिई दुई लाइन संघर्षको रुपमा प्रस्तुत गर्न खोज्नु भएको छ । यो तरिका गलत छ । किन कि यो दुई लाइन संघर्ष थिएन । यो नितान्त कार्यनीतिसंग सम्बन्धित विषय थियो । यो कुनै विचार, सिद्धान्त र कार्यदिशामा गरिएको बहस थिएन । यो विषय चुनावलाई एकीकृत जनक्रान्तिको पक्षमा बढी भन्दा बढी उपयोग गर्न सकिन्छ, भन्ने विषयसंंग सम्बन्धित छलफल थियो । बरु यसलाई केही कमरेडहरुले रणनीति बनाएर गिजोल्ने गलत प्रयास गरिरहनु भएको छ ।
चुनाव कुनै पनि हालतमा रणनीति हुँदैन तर बनाउन सकिन्छ, बनाइरहनु भएको छ । हो, चुनाव विलकुल कार्यनीति नै हो । महासचिवले यहि रुपमा प्रस्तुत गर्नु भयो, यसै रुपमा बुझ्नु पर्दछ । तर वहाँहरुमा देखिएको समस्या चुनाव भन्ने वितिकै यसलाई रणनीतिको रुपमा बुझ्ने बुझाई दृष्टिकोणको समस्या हो । एक पटक प्रयोग गर्ने वितिकै पार्टी र नेतृत्व संसदवादी भइहाल्छ, सकिहाल्छ, खत्तम हुन्छ भन्ने जड मानसिकताको उपज हो यो । यो ‘जाम पोखरीको फोहोर पानी सफा गर्ने प्रक्रिया’ पनि हो । खोपडीहरुमा लामो समय जाम भएको जड मानसिकतालाई भत्काउन र गतिशील बनाउन नसक्नुको परिणाम बिचार रुढीवादमा व्यक्त हुन्छ । परिस्थितिको सहि मूल्याँकन गर्न नसक्नु अधिभूतवाद हो । विचार र धारणाहरुलाई पार्टी कमिटीहरुमा राम्रोसंग छलफल गर्नुको सट्टा विधि–पद्धति र अनुशासन बाहिर गएर बिषयहरुलाई छटाछुल्ल पार्नु राजनैतिक अराजकता हो । कमिटीमा छलफल नगरी गुट बनाइ हिँड्नु साँगठनिक अराजकता र गुटवाद हो । पार्टीको आर्थिक नीति, बिधि र निर्णय विपरित गएर समानान्तर गतिविधि गर्नु र करोडौं आर्थिक अपचलन, अनियमितता र अपार्दर्शी गर्नु आर्थिक अराजकता हो । यसलाई ढाकछोप गर्न जुझारु अर्थवादको आरोप लगाउनु कमजोरीहरुको ढाकछोप गर्नु हो । नेतृत्वमाथि नभएनभएको आरोप लगाएर प्रहार केन्द्रित गर्नु दुश्मनको भरपर्दो हतियार बन्नु हो । लामो समय लगाएर नियोजित रुपमा पार्टीको आधिकारिक पत्रिकामाथि कब्जा जमाउनु मेन्सेभिकपन्थी इस्क्रावाद हो । अहिलेसम्म हामीले प्रयोगमा ल्याएको एकीकृत जनक्रान्तिको कार्यदिशालाई सारसंग्रहवादी कार्यदिशा भन्नु पथविचलन हो । पार्टीमा जवरजस्त नेतृत्व हत्याउन खोज्नु लिनपियाओपन्थ हो । यी सवै क्रियाकलापहरुको सारमा यो पटकको बैठकको सारलाई नै बंग्याएर जसरी उल्टो नेतृत्वले गल्ती गरेको भन्दै बाहिर शत्रु हसाउने र पार्टी विभाजन गर्ने प्रयत्न कमरेडहरुले गरिरहनु भएको छ यो पूmटपरस्त गतिविधि हो र क्रान्ति विरोधी क्रियाकलाप हो । साँस्कृतिक क्रान्तिको कुरा साथीहरुले धेरै नगरे हुन्छ । यो भन्दा अगाडि सवभन्दा पहिले आफूमै साँस्कृतिक क्रान्ति गरेर धोइ पखाली गरी मात्र कुरा गर्दा राम्रो होला । अगाडि ऐना राखेर यो कुरा गर्नु सर्वाधिक उचित होला ।
जहाँसम्म चुनावी कार्यनीतिको सन्दर्भ छ – यसमा हामी सबै स्पष्ट हुनु जरुरी छ कि यो दलाल संसदीय व्यवस्था रहँदासम्म चुनाव प्रत्येक पाँच पाँच बर्षमा आइरहने राजनीतिक परिघटना हो । यसलाई क्रान्ति अगाडि बढ्दै गर्दा क्रान्तिका अगाडि आइरहने आँधि, हुरी र बतास जस्तै हो । यो एउटा निश्चित समयमा क्षणिक समयका लागि आउने गर्दछ । जसरी कि हरेक बर्ष चैत्र–बैशाखका याममा आँधि, हुरी र चट्याङ आएर केही धनजनको क्षति गर्छ । हरेक पाँच बर्षमा आउने यो चुनावी हुरी र चट्याङले पनि राजनीतिमा यस्तै केही धनजनको क्षति गर्छ । यसलाई सचेतताकासाथ कसरी छिचोल्ने र हाम्रो अगाडि आइरहने यस्ता क्षेणिक माहौललाई क्रान्तिको पक्षमा कसरी प्रयोग गर्ने, यसबाट हुने संभावित क्षतिबाट कसरी बेलैमा सावधान हुने रु भन्ने प्रश्न हो । यसलाई भयंकर डरलाग्दो ठानेर, रणनीति बनाएर, यसबाट भाग्न खोज्ने वा चुपचाप लुक्न खोज्नु घोर आत्मसुरक्षावाद हुन्छ । कार्यनीतिलाई कार्यनीतिकै रुपमा बुझियो भने यसबाट परेशान हुनु पर्दैन । साथीहरु यसलाई आफै भयँकर पहाडको रुपमा उभ्याएर आफै तर्सनु हुन्छ । यसलाई सजिलो कार्यनीति बनाए पो जनता, कार्यकर्ता, नेता सबैले सजिलै छिचोल्ने, प्रयोग गर्ने र सम्बन्ध, सम्पर्क विस्तार गर्दै क्रान्ति र कार्यदिशाको पुरक बनाउन सकिएला । अहिले महासचिव कमरेडले यो कार्यनीतिलाई जटिल र अरठ्ठिलो नबनाएर सरल, सहज र सजिलो बनाइदिएको मात्र हो । यसबाट पार्टीले सक्दो फाइदा लिनु सक्नुपर्दछ जसरी यो परिस्थितिमा बहिस्कार गर्दा त्यति मात्रामा फाइदा लिन सकिदैन । बहिस्कार र उपयोग एउटै सिक्काका दुई पाटा भए जस्तै चुनावका अनिवार्य दुई पक्ष हुन् । चुनाव आयो भने कि त बहिस्कार कि त उपयोग यहि त हो कम्युनिष्टहरुका अगाडिको चिठ्ठा । कुन परिस्थितिमा कुन चिठ्ठा हात पर्ने हो यति हो त्यो त्यस बेलाको परिस्थितिले निर्धारण गर्दछ । त्यसकारण अनावश्यक दिमागहरु गिजोल्ने काम हामी आफै नगरौं यो अनावश्यक वोझबाट पिरोरिन जरुरी छैन ।

कार्यनीतिको सार माक्र्सले भन्नु भएको ‘ठोस बस्तुको ठोस विश्लेषण’ हो । जसले कार्यनीतिको यो सारलाई पकड्न सक्दैन त्यसले वस्तुलाई जस्तातस्तै बुझ्न सक्दैन । वस्तुलाई पुरानै तरिकाले बुझ्ने कोशिस गर्दछ । परिणाम उ उद्देश्यमा फेल हुन्छ । ७४ सालको परिस्थिति र ७९ सालको परिस्थित एकै ठाउँमा छैन । क्रान्तिको तत्कालिक भूमिकाहरु पनि फेरिएका छन् । वर्ग विश्लेषण नयाँ ठाउँमा आएको छ । राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिति नयाँ ठाउँमा आएको छ । कार्यदिशा आफै प्रयोगमा छ । कार्यदिशाले चुनावलाई एक पटक खारेज गरेर परीक्षण गरेको छ । एक पटक प्रयोग गरेर परीक्षण गर्ने माग गरेको छ । यी दुई कार्यनीतिको सफल परीक्षणबाट मात्र चुनावको प्रयोगको उपाध्ययताको मापन हुने छ । सफल वा असफल, ठीक वा बेठीक, सहि वा गलत, वैज्ञानिक वा अवैज्ञानिक, क्रान्तिकारी वा संसदवादी, वस्तुवादी वा मनोगत रु यो त प्रयोगपछि मात्र रिजल्ट आउने होला । पहिले नै सिद्धियो खत्तम भयो, भन्ने निष्कर्ष निकाल्नु बस्तुवादी निष्कर्ष होइन । यो मनोगतवाद हो । हामी स्पष्ट छौं र सिद्धान्तबाट विचलित छैनौं कि चुनावबाट क्रान्ति हुँदैन ।

यो दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद हो । संसदीय व्यवस्था बुर्जुवाहरुको गफ गर्ने आखडा हो । क्रान्तिमा बल प्रयोग अनिवार्य छ । सर्वहारा वर्गले यो दलाल पुँजीवादी सत्तालाई जरैदेखि उखेलेर नफालेसम्म यो देशका सवै समस्याहरु हल हुँदैनन् । सवैलाई थाहा छ नेपालमा दलाल पुँजीवादी राज्यसत्तामा छ । यसको अन्त्य गर्ने कार्यदिशा एकीकृत जनक्रान्ति हो । एकीकृत जनक्रान्ति भनेको पार्टी र जनता एक भएर लडिने क्रान्ति हो । यसको लागि मध्यम वर्ग, राष्ट्रिय पुँजीपति वर्ग, सर्वहारा वर्ग, देशभक्त शक्तिहरु, गाउँ र शहर मिलेर गरिने क्रान्ति हो । यसले जनतासंग मिलेर अगाडि बढ्दा कहिले चुनाव माहौलभित्र पनि बयाली खेल्दै जनतासंग हेलिदै अगाडि बढ्छ । कहिले जनआन्दोलनमा जनतासंगै धर्ति आकाश थर्काउँदै आन्दोलनको आँंिध बेहरीसंग खेल्दै अगाडि बढ्छ । कहिले गाउँ र शहरका गल्लीहरुमा नारा जुलुश लगाउँछ । कहिले जंगल र पाखा पखेरीहरुमा युद्ध लड्छ । कहिले बहिस्कार गर्दै बमका धुवाँहरुसित लुकामारी खेल्दै दुश्मनहरुलाई हायलकायल बनाउँदै अघि बढ्छ । कहिले अपत्यारिलो बार्ताहरु पनि हुन्छन् । कहिले भीषण वर्ग सघर्षको भूमरीमा पस्नु पर्ने हुन्छ । यहि त हो एकीकृत जनक्रान्ति । एकीकृत जनक्रान्तिलाई चुनावको बहिस्कारमा मात्र बुझ्नु अधिभूतवाद हो । एकीकृत जनक्रान्तिलाई बहिस्कार, प्रयोग, आन्दोलन, वर्ग संघर्ष, भ्रष्टाचार विरोधी आन्दोलन, एमसीसी र राष्ट्रघात विरोधी संघर्ष, सीमा मिचिदा, चेलीबेटीहरु बेचिदा र बलात्कृत भई मारिँदा, दाजुभाईहरु मानव तस्करहरुको फन्दामा पर्दा, महँगी बढ्दा यसका बिरोधी संघर्ष आदि जनताका हरेक न्यायिक संघर्षहरुमा देख्न सक्नु पर्छ । जहाँ जनता त्यहाँ एकीकृत जनक्रान्ति, जहाँ एकीकृत जनक्रान्ति त्यहाँ जनता हुनु यो नै हाम्रो कार्यदिशाको सार हो ।

कमरेडहरु, यी घटनाक्रम र मनसायहरु नबुझेर हामीले लहैलहैमा बक्तव्य दिने र हेडक्वाटरलाई दबाव दिने अवान्छित काम नगरौं । व्यक्ति हेरेर क्रान्ति हुँदैन । क्रान्ति सहि विचारले गर्ने हो । यो प्रचण्डपथ पनि होइन जहाँ पार्टीभित्र बसेर पार्टी नेताको खोइरो खनिन्छ र पार्टीभित्र समुह र गुटहरु बनाइन्छ । यो नेपाल कम्युनिष्ट पार्टी हो । यो वैद्यपथ पनि होइन जहाँ अलमलिएर हाइ काढेर बसिन्छ र क्रान्तिकारी साख बचाउने नाममा विसर्जनवादको शिकार भइन्छ । यो नेपाल कम्युनिष्ट पार्टी । हाम्रो हेड्क्वाटर क्रान्तिकारी हेड्क्वाटर हो । यो कुनै संशोधनवादी अवसरवादी हेड्क्वाटर होइन जहाँ बम बर्षाउन आवश्यक छ । यति बेला क्रान्तिकारी हेडक्वाटरमा बम कोले बर्साइरहेको छ रु बम बर्साउ भन्ने को हो रु किन गरिरहेको छ रु त्यसैमा हो मा हो मिलाएर वक्तव्य बाजी गरेर हेड्क्वाटरलाई दबाव दिने पार्टी पार्टीको अंग बन्छ रु यतिबेला हेडक्वाटर माथि साम्राज्यवादीहरु र दलाल पुँजीवादी राज्यसत्ताले चौतर्फी हमला रहेको बेला सम्पूर्ण क्रान्तिकारी नेता कार्यकर्ताको कर्तव्य र दायित्व हेड्क्वाटरको रक्षा गर्नु हो । यसै बेला बाहिरबाट प्रहार भइरहेको बेला भित्रबाट पनि त्यसैमा प्रहार गर्नुको अर्थ के हुन्छ रु कसलाई फाइदा पुग्छ रु सामान्य कम्युनिष्टले पनि बुझ्ने विषय हो यो । त्यसैले जुनसुकै नियत होस बाहिर वा भित्रबाट हेडक्वाटरमाथिको आक्रमण क्रान्ति विरोधी हुन्छ र यो कुनै पनि हालतमा जनता र क्रान्तिको पक्ष हुँदैन । यो छुट कसैलाई पनि छैन । पार्टीभित्र बसेर पार्टीकै नेतृत्वमाथि प्रहार गर्ने र ठाडो आक्रामण गर्नेलाई छुट हुन्छ हुँदैन । सवै क्रान्तिकारी नेता कार्यकर्ताहरु सचेत हुन जरुरी छ कि ‘कागले कान लग्यो’ भन्दैमा कागको पछि दगुर्नु कति जाति हुन्छ रु आफ्नै हेड्क्वाटरलाई सिध्याएर हामी के को अपेक्षा गरिरहेका छौंं रु यो किन र केका निम्ति भइरहेको छ रु क्रान्तिको र पार्टीको रक्षाको नाममा साम्राज्यवादीहरुलाई टेवा र सेवा पुग्ने काम कसैले पनि नगरौं, म सबै पार्टी पंक्ति, जवस, मोर्चाका नेतृत्व र सदस्य सवैलाई क्रान्तिको अंग बन्न आग्रह गर्दछु । यो बेला सबैतिरबाट हेड्क्वाटरको रक्षा गर्ने बेला हो । अझ हाम्रैभित्रबाट जसरी हेडक्वाटर असुरक्षित बन्दै गएको छ यो गंंभीर विषय हो । सवैले गंभीर ढंगले सोचौं । यो पार्टी बनाउने प्रक्रिया हो र क्रान्ति बचाउने शिलशिला हो । यति कुरा बुझेनौ भने नेता बन्नुको कुनै अर्थ रहन्छ र । समस्या तलको होइन माथि केन्द्र कै हो । माथि एकजुट भए र सहि बुझाई भए तल जमेको पोखरी सफा गर्न सकिन्छ ।

अतः अहिले आँशिक रुपमा भए पनि पार्टीले एमसीसी र राष्ट्रघात विरोधीहरुलाई स्वतन्त्र उमेदवारको रुपमा स्थानीय चुनावमा सहभागी गराएर जनताको मतलाई एमसीसी र राष्ट्रघातीहरुको पक्षमा जानबाट रोकी चुनावलाई पनि एमसीसी विरोधी चुनावी आन्दोलनको रुपमा प्रयोग गरेको छ । यो बानेश्वरको आन्दोलनको विकेन्द्रित र विस्तारित एमसीसी विरोधी चुनावी आन्दोलन हो । यो संसदवाद होइन । यो भनेको उमेदवारको नामबाट संसदीय व्यवस्थाको भण्डाफोर, दलाल पुँजीवादी राज्यसत्ताको भण्डाफोर, असफल नेताहरुको भण्डाफोर, भ्रष्टाचारी, तस्करी, कमिसनखोर, घुसखोरहरुको भण्डाफोर र वैज्ञानिक समाजवादको प्रचार, एकीकृत जनक्रान्तिको प्रचार, जनमत संग्रहको प्रचार र क्रान्तिको आधार तयार पार्ने र जनतालाई गोलबन्द गर्ने, जनतामा जाने, जनपरिचालन, जनसंघर्ष, जनसम्बन्ध विस्तार र सुदृढ गर्ने एकीकृत अभियान हो । यस्तो अल इन वन को अभियानमा सहभागी भई पार्टीका नेतादेखि कार्यकर्तासम्म एक महिना, केवल एक महिना मात्र भए पनि सव गाउँ–गाउँ, घर–घर पसेको भए यो अभियान निकै फलदायी हुने थियो । तर साथीहरुको संकुचित मनसाय र कतिपय नियोजित मनसायले यो संभावित एकीकृत चुनावी अभियान आँशिक मात्र हुन पुगेको छ । यसकारणले अर्को पार्टी बनाउने सम्मका जुन हर्कतहरु भएका छन् यो निकै दुखद बनेको छ । यसमा सबै नेता कार्यकर्ता र जनता, सहिद परिवारहरु यो अनाहक अफवाहको भ्रममा नपर्न यसको प्रतिपाद गर्न विशेष आग्रह गर्दछु ।

(लेखकः नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य)