सेयर बजार परिसूचकमा भारि गिरावट, २२ सयभन्दा तल झर्यो कारोबार


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, बैशाख २१ २०७९
3.8K
SHARES

काठमाडौं बुधबार सेयर बजार परिसूचक नेप्से ३१ अंकमाथिले घट्दै २२ सयको रेञ्जमा झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज यस्तो सूचक ३१।७६ अंकले घट्दै २२ सय ७५।६८ अंकमा झरेको हो । उसो त ३१ अंक माथिले घटेको बजारमा आज कारोबार रकमसमेत एक अर्ब २६ करोड ९२ लाखमा सीमित भएको छ । यसदिन १३ वटा उपसूचक नै ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ ।

आज जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी २।३४ प्रतिशतले घटेको छ भने, हाइड्रोपावर समूहको २।३३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको २।१९ प्रतिशतले, ट्रेडिङ समूह २।०४ प्रतिशतले र फाइनान्स समूहको उपसूचक २।०३ प्रतिशतले घटेको छ ।

यस्तै, निर्जीवन बीमा समूह २।०१ प्रतिशतले घटेकोमा इन्भेष्टमेन्ट समूह १।४२ प्रतिशतले घटेको छ । यस्तै माइक्रोफाइनान्स समूह १।१४ प्रतिशतले, होटल एण्ड टुरिजम १।३७ प्रतिशतले र बैंकिङ समूह ०।८५ प्रतिशतले घटेको छ ।
यसदिन सबैभन्दा बढी जाल्पा लघुवित्तका सेयरधनीहरूले अधिकतम ९।९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी ग्रीन भन्चर्स लिमिटेडका लगानीकर्ताहरूले ९।३६ प्रतिशतले गुमाएका छन् ।