आर्थिक बर्षको सुरुवातमै टेलीकम ४५ करोड घाटामा, खुल्यो यस्तो गम्भीर रहस्य


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, बैशाख २८ २०७९
5.9K
SHARES

काठमाडौँ – नेपाल टेलिकमको खुद नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्ष २०७८(७९ को तृतीय त्रैमासिकको वित्तीय विवरणअनुसार खुद मुनाफामा ४४ करोड ९१ लाख २५ हजार रूपैयाँले गिरावट आएको हो।

गत आवमा यस्तो मुनाफा पाँच अर्ब ८८ करोड ४४ लाख ७२ हजार रूपैयाँ थियो। यो वर्ष घटेर पाँच अर्ब ४३ करोड ५३ लाख ४७ हजार रूपैयाँ पुगेको हो।

नेपाल टेलिकमको कुल आय भने ८६ करोड २९ लाख ५६ हजार रूपैयाँले बढेको छ। टेलिकमको कुल आय २।७२ प्रतिशतले बढेर ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रूपैयाँ पुगेको हो।

त्यस्तै गत आवको तृतीय त्रैमासिक अवधि ९२०७७ चैत्र मसान्त० सम्ममा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रूपैयाँ रहेकोमा चालु आवको सोही अवधि ९२०७८ चैत्र मसान्त० सम्ममा ७६ करोड ८२ लाख ५९ हजार रूपैयाँ ९अर्थात २।८ प्रतिशत० ले बढेको छ।

हाल कुल सञ्चालन आय बढेर २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रूपैयाँ छ।

कोभिड(१९ महामारीमा ओटिटी बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङलगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी आएका कारण खुद मुनाफामा कमी देखिएको टेलिकमले बताएको छ।

कोभिडका कारण कम्पनीको सेवा उपभोगमा कमी आई कार्य सञ्चालन आयमा कमी आएको टेलिकमको भनाई छ।

कम्पनीका अनुसार मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले व्यापार बढ्न गई मुनाफामा असर परेको हो।

कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डेटा प्याकेजहरू सुरू गरिएको हुँदा जिएसएम सेवातर्फ डेटाको खपत बढे पनि राजश्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको उल्लेख गरिएको छ।

महामारी पश्चात चिप सेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाईले पनि समस्या निम्तिएको टेलिकमले जानकारी दिएको छ।

आवश्यक सामग्रीको बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकेको टेलिकमले बताएको छ।

कम्पनीको हाल प्रतिसेयर आम्दानी ४० रुपैयाँ २६ पैसा, मूल्य आम्दानी अनुपात २६।४८ गुणा र प्रतिसेयर नेटवर्थ करिब ५१२ रुपैयाँ छ। हाल कम्पनीको सेयर प्रतिकित्ता एक हजार २८ रुपैयाँमा कारोबार भइरहेको छ ।