यी हुन् मतदातालाई पैसा बाडेको भन्दै स्थानीयले कब्जामा लिएका एमाले उम्मेदवारकी श्रीमती ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, बैशाख २८ २०७९
12.3K
SHARES

काठमाडौँ – बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई माथि पैसा बाँडेको आरोप लागेको छ ।

वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई कब्जामा लिएका छन् ।

सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको छ ।

पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी गरेका छन् ।