लिनपियाओवादीहरुको वितण्डता, मार्क्सवादको नाममा धन्दा


अनिल शर्मा
प्रकाशित मिति : सोमबार, जेष्ठ ९ २०७९
6K
SHARES

कम्युनिष्ट आन्दोलनमा लिनपियाओ प्रवृत्ति बारम्बार प्रकट भइरहेको देखिन्छ । हाम्रो पार्टी फेरि एक पटक त्यस प्रकारको समस्याबाट ग्रसित छ । हाम्रो पार्टीमा प्रकट भएको लिन पियाओ प्रवृत्तिले दर्शन र राजनीतिको बर्को ओढेर असली अनुहार ढाकेर प्रकट हुन खोजेको छ । यद्यपि उनीहरुको प्रयास वरिष्ठ कवि खुशीराम पाख्रिनले गीतमा ‘फाटेको जालैले छेकेको, छेके पनि छर्लङ्गै देखेको’ भनेझैँ भएको छ । यो लेखमा सोही विषयमा संक्षिप्त चर्चा गरिने छ ।

१० सुदर्शनको गिरफ्तारी : सुदर्शनलाई गिरफ्तार गराउन तत्कालिन रौतहट इञ्चार्ज शंकर अधिकारीले स्कार्पियो लिएर गएको र प्रहरीलाई बुझाइदिएको सुदर्शनले नै बताउँदै आएका छन् । को हुन त शंकर रु उनी प्रचण्डकी कान्छी बुहारी बिना मगरको पूर्वपति हुन् । मगरसँगको सम्बन्ध बिग्रेपछि अधिकारी हाम्रो पार्टीमा प्रवेश गरेका थिए । संयोगवश पार्टी प्रवेश लगत्तै उनी चितवन जिल्ला इञ्चार्ज बनाइए । विचार, राजनीति, आर्थिक, सांस्कृतिक, संगठन सबै क्षेत्रमा उनको कन्ताबिजोग देखियो । त्यसपछि उनलाई चितवनबाट हटाइयो, अन्यत्र जिम्मेवारी पनि दिइएन ।

३–४ महिना त्यतिकै बसेका उनै अधिकारीलाई सुदर्शनले रौतहट जिल्ला इञ्चार्ज बनाएर पठाए । सुदर्शन जेलबाट छुटेपछिको पहिलो भेटमा जिज्ञासा राख्दा सुदर्शनले ‘शंकरलाई मैले नै इञ्चार्ज बनाएर पठाएको हो । तर, मैले कमरेड ज्वालालाई पठाउनु भनेको थिएँ’ भनेका थिए । मैले सुदर्शनलाई ज्वाला कामरेड ९मकवानपुर इञ्चार्ज० गाँजा तस्करीमा संलग्न भएको, भाइ गाँजा व्यापारी, ज्वाला प्रहरीसँग मध्यस्थकर्ता भएकोले शंकर र ज्वालामा के फरक भयो रु भनेको थिएँ । शंकर अधिकारी पार्टीमा आउँदा नै नेतृत्वका केही कमरेडहरुले घूसपैठको आशंका गरेका थिए । त्यही आशंका गरिएको, चितवनबाट हटाएको व्यक्तिलाई सुदर्शनले रौतहट इञ्चार्ज बनाएर पठाए । ज्वाला गाँजा तस्करीधन्दामा लागेको, प्रहरीसँग साँठगाँठ भएको र आपूmलाई गिरफ्तार गराउने कार्य उनैले गरेको जिकिर रामबहादुर घलान ‘वाटर’ को थियो ।

तत्कालीन मकवानपुर जिल्ला सेक्रेटरी कमरेड वाटरको त्यो दाबी धेरै हदसम्म पुष्टि पनि भयो । अर्कोतिर सुदर्शनको कार्यालयका सबैजसोले आत्मसमर्पण गरे । उनको आर्थिक विभागका सदस्य प्रकाश देवकोटाले उनी गिरफ्तार हुनासाथ सुदर्शनको परिवारलाई अपमानपूर्वक घरबाट निकालिदिए । देवकोटाको घरमा बसेको परिवारमाथि मानवीय व्यवहार पनि भएन । पार्टीको एघारौँ पूर्ण बैठकमा त्यही कन्ताबिजोगप्रति संकेत गर्दै महासचिवले ‘कार्यालयमा सदस्यहरु राख्दा ख्याल गर्नुपर्छ’ भन्नुभएको थियो । यसो हेरौँ त सुदर्शनको वरिपरी शंकरजस्ता शंकास्पद मान्छे, ज्वालाजस्ता गाँज तस्कर, अर्काको रचना चोर्ने बौद्धिक सम्पत्तिका चोरहरु, राति १२ बजे सूर्य सुवेदी पथिकले होटलबाट शंकास्पद भनेर लखेटेका पत्रकारहरु उनका सारथि थिए र हुन् । ‘नाच्न जान्दैन, आँगटन टेँढो’ भनेको यस्तै बुज्रुकहरुलाई होला ।

आखिर सुदर्शनमा यस्तो समस्या किन दोहोरिन्छ ? प्रश्न यो हो । उनले द्वन्द्ववादको कुरा गर्छन् तर चिन्तनमा जब्बर अधिभूतवाद छ । द्वन्द्ववादले वस्तुलाई गतिमा, परिवर्तनशीलतामा हेर भन्छ । एक समय दुःख, कष्ट गरेको इमानदार मान्छे सधैँ असल हुन्छ भन्ने हुँदैन र एक समय कमजोरी गरेको मान्छे सधैँ खराब नहुन पनि सक्छ । अर्कोतिर उनमा चरम व्यक्तिवाद छ । म जति दुःख गरेको, जेल बसेको कोही छैन भन्ने छ । यो कुरा सतप्रतिशत झुठ हो । प्रशंसा आफूले आफैँ गर्ने, बूढाबूढीले एकअर्काको प्रशंसा गर्न विषय हो कि जनता र कार्यकर्ताले गर्ने हो रु उनको कार्यशैलीमा प्रचण्ड स्कुलिङ जब्बर छ । बाबुरामको उछितो काढ्ने, प्रचण्डको चाकडी गर्ने, विप्लवको चाकडी गर्ने, प्रकाण्डको खोइरो खन्ने, विप्लवको खोइरो खन्ने‘ को चाकडी गर्ने उनको शैली देखिन्छ । अधिभूतवाद, व्यक्तिवाद, आत्मप्रशंसा, प्रतिशोधको ‘कक्टेल’ अर्थात् भडुँवा चिन्तन उनको समस्या हो ।

२० निषेधात्मक अधिभूतवाद : वस्तु र घटनालाई समग्रमा अर्थात् द्वन्द्वात्मक, सबै पाटा–पक्ष केलाएर नहेरी धारणा बनाउने सोच अधिभूतवाद हो । यस प्रकारले हेरेर अस्वीकार (नकारात्मक धारणा० बनाउनु निषेधात्मक अधिभूतवादी चिन्तन हुन्छ । सुदर्शनले नेतृत्वमाथि थोपरेको निषेधात्मक अधिभूतवाद आरोपको अन्तर्यमा के छ त ?

जेलमा वा दुश्मनको कब्जामा भएको व्यक्तिले पार्टी नेताको हैसियतमा व्यवहार गर्न, पार्टीको संगठनात्मक र नयाँ राजनीति, वैचारिक विषयमा प्रवक्ता बन्न पाउँदैन । यो सामान्य जेल नीति हो । तर, सुदर्शनले जेल बाहिरसमेत गएर मन्त्रीहरुसँग उठबस गरेको चर्चा हुन्थ्यो । यो त अलग विषय भयो । जेलबाट नै उनले अपहरण मुद्दामा परेका (पार्टीको योजनामा काम गर्दा झुठा मुद्दा लगाएको नभएर अपहरण नै हो भन्ने पार्टीको बुझाई छ), दुई वर्षदेखि निस्क्रिय बसेका, गाँज तस्करीको आरोपमा अध्ययन भइरहेका व्यक्तिलाई केन्द्रीय समितिमा राख्न जेलबाट दबाब दिनुभयो । केही उनको सिफारिसका भ्रष्ट मान्छेहरुलाई भेट्न पनि नेतृत्वले अस्वीकार गर्नुभयो । त्यस्तो अवस्थामा ‘तपाईंले प्रकाण्डको कुरा मात्र सुन्ने ?’ भन्ने प्रश्नको जवाफमा महासचिवले ‘तपाईंले भनेर होइन कि तपाईंको प्रस्ताव गलत भएर नमानेको हो, त्यो प्रस्ताव प्रकाण्ड वा अरु कसैको भए पनि मान्ने थिइनँ’ भन्नुभएको थियो । केही कवाडीहरुलाई पार्टीमा हुलेर गुट बनाउने षड्यन्त्र असफल भएपछि दार्शनिक वितण्डा खडा गरिएको हो । उनले जेलबाट महासचिवलाई लेखेको पत्र सार्वजनिक गरिदिने हो भने (महासचिवले कुनै बेला आत्मकथा लेख्नुभयो भने हेर्न पाइएला_ सुदर्शनको के होलात होला रु ‘मलाई जेलबाट निकाल्न तपाईं नै वार्तामा बस्नुप¥यो भनेको होइन रु’ साथीहरु नछुटेसम्म म निस्कन्न किन नभनेको त रु सुदर्शनलाई निकाल्न महासचिव नै वार्तामा जानुपर्ने, जेलबाट अमूक व्यक्तिलाई केन्द्रीय समितिमा किन नराखेको भन्ने ! त्यस प्रकारको वितण्डतालाई दार्शनिक बर्कोले छोप्न सकिन्न भन्ने हेक्का हुनुपथ्र्यो ।

३० बहुमतको हल्ला : ६९ सदस्यीय केन्द्रीय समितिमा १० जना सुदर्शन गुटमा गएका छन् । यो कस्तो गणित हो ? मञ्चतिर देखाउँदै राष्ट्रिय नाचघरको जात्रामा पत्रकारहरुले ‘बहुमत छौँ भन्नुहुन्थ्यो मञ्च खाली छ त ?’ भन्दा कञ्चनले ‘साथीहरु छरिएका छन्’ भन्दा सञ्चारकर्मीहरु हास्दै थिए । पार्टी फुटाउने निर्णय गरेर बैठकमा जाने, ‘फेक न्यूज’ प्रवाह गरेर केही दिन भ्रम सिर्जना गर्न त सकिन्छ तर त्यस प्रकारको भ्रम सधैँ टिकिरहन्न । पार्टीको निर्णय के हो भन्ने विषय भगौडाहरुले दाबी गर्ने विषय नभएर दस्तावेज, परिपत्र र महासचिवले गर्ने विषय हो । बैठकमा जनवादको अभ्यास गरेका केही इमानदार कमरेडहरुलाई झुुक्याएर पार्टी र नेतृत्वको विरुद्ध धकेल्न सकिन्न भन्ने कुरा भगौडाहरुले बुझेनन् । धारणा राख्ने, निर्णय मान्ने, बीचमा समस्या आए फेरि बैठक वा आसन्न महाधिवेशन पर्खने सामान्य पद्धति हो । ११ औँ बैठकमा सबै कुरा ठिकठाक हुने, १२ औँ बैठकमा एकाएक कार्यदिशा, नेतृत्व, कार्यनीति सबै समाप्त हुने सन्दर्भ माक्र्सवाद हो कि वितण्डतावाद हो रु कि तपाईंहरु ख्रुश्चेभझैँ गौँडा ढुकेर, पीठ पछाडि छुरा लुकाएर बस्नु भएको थियो रु कतै एमसीसी विरोधी देशभक्त आन्दोलनई कमजोर बनाउन लैनचौर र महाराजगञ्जले तपाईंहरुलाई प्रयोग गरिरहेको त छैन ?

४० सारसंग्रहवादी को ? : सञ्चार माध्यममा प्राप्त सूचना वा जानकारीअनुसार सुदर्शन गुटको कार्यदिशा ‘वैज्ञानिक समाजवाद रे !’ वैज्ञानिक समाजवाद क्रान्ति वा रणनीति हो कि कार्यदिशा हो ? क्रान्ति र कार्यदिशाबीचको अन्तर पनि थाहा छैन ! पत्रकार सम्मेलनमा धर्मेन्द्र बास्तोला त राष्ट्रपतीय प्रणाली (कार्यनीति) को व्याख्या गर्दै थिए । ‘जसको सिङ छैन, उसकै नाम तिखे’ भनेको यस्तैलाई होला । कार्यदिशा बेठीक आज बल्ल थाहा भयो । भ्रष्टाचारको मुद्दाले डामिएपछि बल्ल कार्यदिशा बेठीक लाग्न थालेको हो ? सांस्कृतिक क्रान्तिको विधि र मूल्य भनेको आर्थिक, सांस्कृतिक, सांगठानिक र वैचारिक सबै क्षेत्रमा अराजकता र बुर्जुवाकरण हो ? हामी क्रान्तिकारी छौँ तर अल्पमत भयौँ ? भन्ने आत्मबल पनि नभएका कायरहरुले अरुलाई आरोप लगाएर हुँदैन । कोहीप्रति प्रश्न भए तथ्यहरुसहित कारवाहीको माग गर्नु, निर्णय प्रक्रियामा लैजानु, निर्णय ठीक नभएर फरक मत राख्नु सामान्य पद्धति हो । तर, बैठकमा टाउको दुलोमा लुकाउने, सार्वजनकिस्थलमा गतिछाडा व्यवहार गर्नेले भोलि कस्तो संगठन गर्लान् !

५० कञ्चनको ल्याङल्याङ : कमरेड कञ्चन प्रहरी हिरासतबाट निस्केलगत्तै कुन दिव्यज्ञान प्रप्त भएको हो ? ‘राष्ट्रपतीय प्रणालीको निर्वाचन’ लाई कार्यनीति बनाउनुपर्ने बताएका थिए । १०औँ पूर्ण बैठकमा उनले सो व्याख्या गरेपछि महासचिवले ‘जनमत संग्रहको कार्यनीति’ पारित भएकोले अर्को कार्यनीतिको बहसले भ्रम सिर्जना हुन्छ बरु यो विषय महाधिवेशनमा छलफल गरौँला भन्नुभएको थियो । त्यसपछि चुप लाग्नुभयो । तर, सञ्चार र साथीहरुसँग आफ्नो ल्याङल्याङ भन्न छोड्नु भएन । निर्णयमा सहमत नभएको भए प्रक्रियागत रुपमा जान सकिन्थ्यो । जनयुद्धको समयभरि युरोपमा बसेको र एकीकृत जनक्रान्ति कार्यदिशा बनेपछि ‘पेस्ट हुन’ आएको कारण उहाँलाई न जनयुद्धको पेचिलो समयको अनुभूति छ, न त एकीकृत जनक्रान्तिको मर्मबोध नै छ । उहाँको कुण्ठा र गलत आत्ममूल्यांकनको कारण वितण्डावादीहरुले दुरुपयोग पनि गरिरहेका छन् । एउटा कथन छ– ‘दोबाटोमा दुईटी ठिटी गफिँदै रहेछन् । त्यही बाटो भएर एउटा केटो कतै जाँदै रहेछ । त्यो केटोलाई देखेर केटीहरु चिमोटाचिमोट गर्दै हास्दै गर्दारहेछन् । त्यो केटा आफूलाई ठिटीहरुले मन पराएको भन्ठानेर मख्ख पर्दोरहेछ । तर, केटीहरुले भने केटाको लौकाजत्रो गलगाँड हेरेर हास्दा पो रहेछन् ।’ हो त्यही मूर्ख केटाको जस्तै विभ्रम छ कञ्चनलाई ।

६० विचारधारात्मक सर्वोच्चता : १२ औँ बैठकको सुरुमा सुदर्शन गुटलाई पार्टीमा बहुमत नै भइन्छ कि भन्ने भ्रम थियो । हामीले सुरुदेखि नै भगौडाहरुको विरुद्ध संघर्ष गरेको कुरा सही हो । त्यसै कारण हाम्रोविरुद्ध योजनाबद्धरुपमा लागेको कुरा पनि थाहा छ । हामीले चुनौतीको सामना गर्ने तयारी गरेरै मोर्चा सम्हालेका थियौँ । बैठकमा पार्टी र नेतृत्वको विरुद्ध अपनेक्षित तोडफोड भएको र नेतृत्वको विरुद्ध पार्टी बाहिरको शक्ति प्रयोग गरेकोप्रति संकेत गर्दै महासचिवले ‘घूसपैठ छ कि के हो ?’ भन्नुभएको थियो र केन्द्रीय सदस्यहरुले उठाएका जिज्ञासा र प्रश्नको जवाफ दिने क्रममा ‘केन्द्रीय समितिले स्तर कायम नगरेको’ गुनासो गर्नुभएको थियो । त्यसो गर्ने भगौडाहरु थिए । जब भगौडाहरुले पार्टी फुटाउने घोषणा सार्वजनिक गरे, त्यसपछि हामीले अर्को मोर्चा सम्हाल्यौँ । पार्टी र नेतृत्वप्रति आक्रामण र घेराबन्दी भएको बेला मौनता साँध्ने, बीचमा बस्ने, सबैलाई सराप्दै अर्ति–उपदेशको खेती गर्ने कुरा आफैँमा गम्भीर प्रकारको अवसरवाद हुन्थ्यो । विचारधारात्मक र राजनीतिक संघर्ष भएको बेला कार्यशैलीको विषय गौण हुन्छन् र हुनुपर्छ । समस्याको गहिराइबोध नगरी गरिने बहस राजनीतिक ‘बचकना’ हुन्थ्यो ।

आफू समेत पूर्ण सहमति भएर निर्माण गरेको कार्यदिशा बीचैमा छोडेर हिँडेनरुहले वैचारिक सर्वोच्चताको हास्यास्पद प्रचारबाजी गरिरहेका छन् । सुरुमा आशा गरेको संगठनात्मक सर्वोच्चता वा बहुमतको दाबीले हावा खाएपछि विचारधारात्मक सर्वोच्चताको राग अलाप्न थालिएको हो । बहिष्कारको पक्षमा उभिएका तर पार्टी र नेतृत्वप्रति आस्थावान् तीनजना केन्द्रीय सदस्य त चुनावमा भाग लिए । भगौडाहरुले उनीहरुबाट सिक्नुपर्छ । ‘विचारधारात्मक अभिव्यक्तिको स्वतन्त्रता, कामकारवाहीमा एकरुपता’ भनेको भँडुवावाद होइन । भगौडा गुटले पार्टीको कुनै बैठकमा फरक प्रस्ताव पेस गरे ? के विषयमा फरक मत दर्ज गरे रु निश्चित समय र प्रक्रियाबिना नै आफैँसमेत ?लग्न भई निर्माण गरेको कार्यदिशाको विरुद्ध उभिनुले त्यसअघि सुदर्शनको कार्यदिशाप्रतिको व्याख्या, समर्थन र प्रवक्ताजस्तो व्यवहार नेतृत्व हत्याउनको लागि गरिएको ‘ख्रुश्चेभपथ’ को नेपाली आयाम रहेछ । तिनीहरुले, नेतृत्व हत्याउन गौँडो ढुकेर बसेका ‘निशापथगामी’ रहेछन् । यद्यपि खुसीको विषय के हो भने कार्यदिशा, पार्टी, नेतृत्व सबैतिरबाट उनीहरु पलायन भएको कारण हामीलाई सहज भएको छ । जो पलायन भएको छ, उसैको कथित विचारधारात्मक सर्वोच्चताको हल्ला सुन्दा एकजना अमेरिकी विद्वान्को भनाइ स्मरण हुन्छ । उनले भियतनाम–अमेरिका युद्धको सन्दर्भमा अमेरिकी सरकारप्रति लक्षित गर्दै भनेका थिए– यिनीहरुले मानवअधिकारको कुरा गर्दा मलाई पछिल्लितर फर्केर हास्न मन लाग्छ ।

७० लिनपियाओवादको नेपाली आयाम : सन् १९७१ मार्च महिनामा लिनपियाओले ‘परियोजना नं. ५७१’ को रुपरेखा तयार ग¥यो । १९७१ सेप्टेम्बर ८ मा त्यसलाई कार्यान्वयन गर्ने योजना बनायो । जसअन्तर्गत अध्यक्ष माओ फर्कने रेलमा बम विस्फोट गराएर माओको हत्या गर्ने र नेतृत्व हत्याउने षड्यन्त्र गरेको थियो । तर, त्यो षड्यन्त्र उदाङ्गियो । सेप्टेम्बर १८ मा रुसतर्फ वायुयानमा भाग्दै गर्दा चीनवेष्ठित जनवादी गणतन्त्र मङ्गोलियाको आकाशमा लिनपियाओ मारिए । उसले माओलाई धरतीमा ‘माथि उठेको व्यक्तित्व, शिखर व्यक्तित्व, प्रतिभा सम्पन्न, सर्वाधिकार प्राप्त, निरपेक्ष अधिकार भएको’ जाने जतिका शब्द प्रयोग गरेर चाकडी ग¥यो । तर, आफ्नो स्वार्थ पूरा नभएपछि हत्या गर्न तम्सियो । हाम्रो पार्टीभित्रको लिनपियाओले महासचिव र अरु नेताको विषयमा हद दर्जाको चाकडी ग¥यो । आलोचनात्मक चेतना भएका साथीहरुलाई नेतृत्वविरोधी भनेर चुक्ली लगायो । आफ्नो स्वार्थ पूरा नभएपछि भित्री बस्त्रसमेत फुकालेर सडकमा उत्रियो । अध्यक्ष माओले भन्नुभएको छ– ‘छद्मभेषी प्रतिक्रान्तिकारीतत्वहरुले जनतामा झुठा छवि दिन्छन् र आफ्नो वास्तविक चरित्रलाई लुकाउँछन् ।’

लिनपियाओले तङ स्यो पिङको विरुद्ध संघर्षमा महत्वपूर्ण भूमिका खेल्यो । माओ विचारको प्रचार ग¥यो र रातो किताब विश्वभरि प्रचारप्रसार ग¥यो । तर, लिनपियाओ र तङस्याओ पिङमा सारतत्व एउटै थियो । दुवैजना नेतृत्व र चिनियाँ जनताको विरुद्ध थिए । ‘संशोधनवादको अभ्यासमा पोख्त लिनपियाओले परियोजना नं. ५७१ को रुपरेखाको कथा रच्यो र प्रतिक्रान्तिकारी सशस्त्र सैन्य विप्लव सञ्चालन गर्नेसम्मको काम ग¥यो, जब कि तेङशियाओ पिङले तियनमेन चोक (वीरता चोक) को घटनाजस्तो प्रतिक्रान्तिकारी राजनीतिक विद्रोह सञ्चालन ग¥यो ।’ नेपालको वर्तमान लिनपियाओले पार्टीका समस्या, असन्तुष्टि, जिज्ञासा र मैत्रीपूर्ण अन्तरविरोधहरुलाई आफ्नो स्वार्थपूर्तिको निम्ति दबाब समूहको रुपमा प्रयोग गर्यो  । त्यस्ता दबाब समूहलाई प्रत्येक पटक सडकमा फालेर हिँड्यो । लिनपियाओले सांस्कृतिक क्रान्तिको समयमा खाली भएका पदमा आफ्ना मान्छे भरेर पार्टीमा दबाब सिर्जना गरेको थियो । नेपाली लिनपियाओले सम्पर्क मञ्च, मजदुर संगठन, पत्रकार संगठन सबैलाई निजी स्वार्थको निम्ति दबाब समूहको स्तरमा झा¥यो । त्यसैले माओले लिनपियाओविरुद्ध संघर्षको सन्दर्भमा भन्नुभएझैँ ‘संघर्ष नगर्नु पतन, विघटन र संशोधनतर्फ लाग्नु’ हो ।

लिनपियाओको पृष्ठभागमा ब्रेजनेभ थियो । हाम्रो पार्टीको लिनपियाओको प्रेरक शक्ति एमसीसी पक्षधर शक्ति रहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको दशौँ महाधिवेशनमा चाउ एन लाइद्वारा प्रस्तुत प्रतिवेदनमा ‘लिनपियाओ र उसका मुठ्ठीभर पुच्छरहरु प्रतिक्रान्तिकारी षड्यन्त्रकारी गिरोहका सदस्य हुन् । जो हातमा उद्धरणहरु लेखिएको कापी नलिई कहिल्यै प्रस्तुत भएनन् र जिन्दावाद ! नभनी कहिल्यै मुख खोलेनन् । जसले तपाईंको अगाडि राम्रा कुरा बोले तर पिठ पछाडि छुरा धसे भनिएको छ । के हाम्रो लिनपियाओले त्यसै गरेनन् र !

पार्टीलाई प्रतिबन्ध लगाएको समयमा १४ जना केन्द्रीय नेताहरु पलायन भएका थिए । त्यस्तो प्रतिकूलता अनुकूलतामा बद्लिन सक्छ भन्ने बुझेनन् । आज अर्को नयाँ कार्यनीति ल्याउँदा १० जना नेताहरु पलायन भएका छन् । चुनाव उपयोग परिस्थिति बद्लिएको अवस्थामा बद्लिन्छ भन्ने बुझेका छैनन् । घुम्तीहरु पुनरावृत्त हुँदै गर्छन् तर अग्रगामी दिशालाई रोक्न सक्दैनन् । कुण्ठाग्रस्त चाबेलको गल्लीतिरका एक्लै ढेँडुको बर्बराहटको यहाँ टिप्पणी पनि आवश्यक छैन । जसले क्रान्तिकारी एकताको लागि रोइलो गरिरहन्छ तर, पूर्वाग्रही, कुण्ठित, असंस्कृत र शंकास्पद भँडुवातर्फ गरिरहन्छ । पार्टीभित्र र बाहिरका भँडुवा विकासवादी, वितण्डतावादी आन्दोलन र राष्ट्रिय स्वाधीनताको आन्दोलनको विरुद्ध लक्षित छ । जाने जतिका शब्द प्रयोग गरेर सराप्न, एकताको रोइलो गर्न पनि नछाड्ने नेपालमा विचित्रको असंस्कृत वितण्डतावाद देखिएको छ ।

८० उदारवादी समस्या : प्रतिबन्धको समयमा कञ्चन कार्यक्षेत्रमा गएका थिएनन् । वैचारिकरुपमा उनको अवस्था कृष्णबिवर (Blackhole) मा पसेको अन्तरिक्ष यात्रीको जस्तो बतासे हुन्थ्यो । व्यवहारिकरुपमा पनि गम्भीर समस्याहरु देखिएका थिए । १२ औँ बैठक अगाडि बसेको सचिवालय बैठकको सम्पूर्ण छलफल र प्रस्ताव सुदर्शनले केन्द्रीय समितिको बैठक अगाडि नै सञ्चारकर्मीहरुलाई दिइसकेका थिए । बैठकमा सम्पूर्ण दृश्य प्रत्यक्ष प्रशारणसरह दिएका थिए । त्यो कुनै सामान्य कमजोरी मात्र थिएन । पार्टी फुटाउने, पार्टीबाट भाग्ने, नेतृत्वको विद्रुपीकरण गर्ने उद्देश्यले गरेका थिए । सुदर्शन अब पार्टीमा बस्दैनन् भन्ने कुरा स्पष्ट भइसकेको थियो । त्यसअघि र केन्द्रीय समितिको बैठकमा सुदर्शनबाट भएका गैरसर्वहारा प्रवृत्तिलाई समयमा नै उपचार गर्नुपथ्र्यो ।

त्यसो नगर्दा, कारवाही होइन, आफैँ भागोस्भन्दा पार्टीपंक्ति र जनतामा भ्रम सिर्जना भयो र कतिपय इमानदार पंक्ति र जनतामा भ्रम सिर्जना भयो र कतिपय इमानदार पंक्तिमा अन्योल सिर्जना भयो । जसरी चीनमा लिनपियाओलाई परास्त गरेपछि देशव्यापी वैचारिक र सांगठानिक शुद्धीकरण अभियान चलाइएको थियो । हाम्रो सन्दर्भमा पनि उदारवाद, इलाकावाद, जातिवाद, मनोगतवाद, नोकरशाही कार्यशैलीजस्ता समस्याको विरुद्ध अभियान नै चलाउन आवश्यक छ । कार्यक्रमको दृष्टिले जुझारु जनसंघर्षलाई सहायक र वर्गसंघर्षमा मुख्य जोड दिनुपर्छ । वर्गसंघर्षको बीचमा नै सबै प्रकारका गैरसर्वहारा प्रवृत्तिलाई परास्त गर्न सम्भव हुन्छ ।

पार्टीबाट पलायन भएका वितण्डतावादी भगौडाहरुले वैचारिक, राजनीतिक विषय उठाउने प्रयास गरेका छन् । उनीहरुको दाबीलाई निजकै जीवन व्यवहारले खण्डन गरेको छ । उनीहरु पार्टीबाट भाग्नुको कारण पनि कसैबाट लुकेको छैन । भ्रमित भएका कामरेडहरु फर्किने क्रम पनि सुरु भएको छ । फोहोरको डुङ्गुरलाई बाढीले बगाएर लगेको छ । तर, सरसफाइको प्रक्रिया निरन्तर र योजनाबद्ध हुनुपर्छ ।