भारतले गहुँसंगै चिनी निर्यातमा पनि लगायो रोक, ७२ सालको नाकाबन्दी दोहोर्याउने संकेत


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, जेष्ठ ११ २०७९
6.7K
SHARES

काठमाडौं । विश्वमा खाद्य संकटको अवस्था सिर्जना हुने भएपछि भारतले एकपछि अर्को वस्तु निर्यातमा रोक लगाइरहेको छ । विश्व खाद्य संकटको कारण देखाएर नेपालका लागी दैनिक उपभोग्य बस्तुमा रोक लगाउने प्रक्रिया सुरु गरेको हो।

केही दिनअघि मात्रै गहुँ निर्यातमा रोक लगाएको भारतले अब चिनी निर्यातमा पनि रोक लगाएको छ ।

आउँदो जेठ १८ गतेदेखि लागू हुने गरी भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतले चिनीसँगै चिनी उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको समेत निर्यातमा रोक लगाउने भएको हो ।

रुस र युक्रेनको युद्ध सुरु भएपछि विश्वको आपूर्ति अवस्थामा नै समस्या आएको छ । त्यसको असर कम गर्न भन्दै भारतले आफ्नो देशमा उत्पादन हुने वस्तुको निर्यातमा रोक लगाउन थालेको हो ।

यसरी दैनिक उपभोग्य सामाग्रीमा विश्व खाद्य संकट र युक्रेन युद्धको कारण देखाएर एकपछि अर्को बस्तुमा रोक लगाउनुले भारतले कतै २०७२ सालको नाकाबन्दि दोहोर्याउन खोजेको त होइन भन्ने त्रास आम सर्वासाधरमा छुन थालेको छ ।

भारतले फलाम उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा समेत कर बढाएको थियो ।

नेपालमा भारतबाट गहुँ आयात नहुँदा मैदा मिल नै बन्द हुने अवस्था आएको मिल सञ्चालकहरूले बताउने गरेका छन् । स्पन्ज आइरनको कर वृद्धि गर्दा नेपालमा फलामे डन्डीको समेत मूल्य वृद्धि हुने छ ।

चालू आर्थिक वर्षमा मात्रै ३ लाख मेट्रिक टनभन्दा धेरै चिनी नेपालमा नै उत्पादन भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ४ अर्ब ८३ करोडको चिनी विदेशबाट आयात भएको छ ।