निर्वाचन सकिएपछि बल्ल खुल्यो ओलीको चेत, पत्ता लगाए एमाले हार्नुको कारण

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले हार्नुको मुख्य कारण पत्ता लगाएका छन्। अरु केहि कारण नभयर आफ्नै पार्टी भित्रकै अन्तरघातका कारण एमालेले निर्वाचनमा हार बेहोर्नु परेको उनले बताएका हुन् । निर्वाचन अगाडी आफ्नो पार्टी पहिलो हुनेदावि गर्दै आएका ओलीको निर्वाचनमा नराम्ररी पराजय बेहोरेपछि मात्र उनको चेत खुलेको हो ।
“अन्तरघात भयो । टाउको (मेयर) मा भोट नहाल्ने एमालेमा खतरनाक संकेत देखियो,” एमालेका एक सांसदले ओलीको भनाई उद्धृत गर्दै भने ।
एमाले संसदीय दलको बैठकमा ओलीले पार्टी अन्तरघातका कारण पराजित हुन पुगेको बताएका नेता शेरबहादुर तामाङले जानकारी दिए ।
