ह्वात्तै बढेर आयो पेट्रोल, डिजेल मुल्य


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असार २ २०७९
7.5K
SHARES

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगम प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेर आएको हो ।

भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । बढेर आएको मूल्य अनुसार निगमले बजार मूल्य समायोजन गर्न बाँकी छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा लागत पुगेको छ । यो हालसम्मै उच्च मूल्य भएको निगमको भनाइ छ ।

नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ । बढेको मूल्यसँगै निगमको प्रतिलिटर घाटा पनि चुलिएको छ । अहिलेको बिक्री मूल्यअनुसार पेट्रोल र डिजेलमा घाटा प्रतिलिटर क्रमशः ३१ रुपैयाँ २८ पैसा र ३७ रुपैयाँ १६ पसा पुगेको छ ।

निगमका प्रवक्ता उपाध्यायले बिहीबार जारी गरेको विज्ञप्तिमा खाना पकाउने ग्याँसमा निगमलाई ७५१ रुपैयाँ १४ पैसा घाटा रहेको उल्लेख छ । नयाँ मूल्य सूची पनि निगमको अनुमानित १५ दिनको घाटा ४ अर्ब ८१ करोड ९१ लाख नाघ्ने अनुमान छ ।