एकपछि अर्को कमाल गर्दै सूर्या लाइफ, अब ह्वात्तै बढ्नेभयो व्यापार


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, असार ३ २०७९
3.4K
SHARES

बुटवल – सूर्या लाइफ इन्स्योरेन्स कम्पनी व्यापार विस्तारका आक्रामक देखिएको छ । व्यापार बढाउन अभिकर्तालाई उत्साहित बनाउँदै फिल्डमा पठाइरहेको छ ।

भर्खरै लुम्बिनी देशस्तरिय ‘एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम’ भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा दुई सयबढि अभिकर्ताहरुको उपस्थिति थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले आफै मोटिभेट गरेका छन् ।

उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो । प्रदेश प्रमुख, किरण गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीले आफ्ना सफलताका कथा र पोलिसी विक्रि गर्ने शुत्रहरु बताएका थिए ।

सूर्या लाइफको ‘मेरो पहिलो पोलिसी’ अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका थिए । साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिएका थिए ।

बीमितहरुको सेवालाई प्राथमिकतामा राखि अघि बढेमा कम्पनीको व्यवसाय अवश्य बृद्धि हुनेमा उनको विश्वास थियो । अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उनीहरु मार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको बताए ।

समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित हुने उनको भनाई थियो । कार्यक्रममा सहभागी अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।