कविता : जालझेल


अनिता गजमेर, उदयपुर
प्रकाशित मिति : आइतबार, असार ५ २०७९
1.4K
SHARES

आँट हुने र शाहास हुनेहरुले अगाडी आएर बोल्न र जे नी लैजान सक्छ, कायर र आत्माघातिहरुले बन्द कोठामा रहेका भौतिक बस्तुहरुसँग नी डराई डराई साईड लाउँछ्न ।

हिजो तिमी हिड्ने गल्ली र आज म हिड्ने गल्लीमा के फरक देख्यौ ? आखिर नयाँ गोरेटो कोर्छौ भन्नेहरुले त मेरै गोरेटोमा पाईलाहरु अगाडी बढाएछौ त !

हिजो कोही बिना तिम्रो खाएको गाँस नी अट्किन्छ भन्नेहरु अहिले त फोनको घन्टी बज्दा नी तर्सिन थालेछौ त !

बधाई छ गरि खाना गएकाहरुलाई गरि खाऔ, तर कसैको पिछ्या लागेर आफ्नो पाईला अगाडी बढाउछु भन्ने सोचेको छौ भने त्यो तिम्रो मुर्खता मात्रै हुनेछ कति दिन लुकिछिपि गर्छौ तिम्रो झुटको खेती यहाँ, छुट छ तिमी कायरहरूलाई गरि खाऔ ।

तर यो बुझि राख कि एक दिन तिम्रो त्यो गलत हर्कदको पर्दा फास भएको दिन के हुन्छ भन्ने कुरा ख्याल गर!!