एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असार ९ २०७९
3.8K
SHARES

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् ।

पार्टीका नेताहरूलाई ६ महिनाका लागि मन्त्री पदमा पठाइएको र अहिले आठ महिना भइसकेकोले पार्टीले एक घण्टामै मन्त्री हेरफेर गर्न सकिने बताएका हुन् । पत्रकारहरुले सोधेको प्रश्नमा जंगिदै प्रबक्ता खतिवडाले पार्टीले गरेको निर्णय भएकाले यो एकै घण्टामा कार्यन्वयन हुन्छ यहा कसैको इन्टेन्सन चल्दैन उनले भने।

सरकारमा पार्टीबाट सहभागी रहेका मन्त्री फिर्ता आउने र ती ठाउँमा पार्टीले यसअघि निर्णय गरेअनुसार नयाँ मन्त्री पठाइने उनले बताए।

आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले अब त्यो कार्यान्वयन हुने बताएका थिए।

‘मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ। दिनमा होइन घन्टामा मन्त्री हेरफेर हुन्छ,’ उनले भने, ‘कसले कहाँ कोसँग छलफल गर्‍यो भन्ने व्यक्तिगत कुरा हुन्। पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो।’

उनले पार्टीका नेताहरूलाई छ महिनाका लागि मन्त्री पदमा पठाइएको र अहिले आठरनौ महिना भइसकेको उनले बताएका छन् ।  पार्टी प्रवक्ताको यस्तो धारणाले अटेरी मन्त्रीहरुलाई तनाव भएको छ ।

‘मन्त्री भन्ने चिज चीरस्थायी होइन। स्थायी सरकार भए पाँच वर्ष हो,’ उनले भने, ‘आठ नौ  महिना भयो उहाँहरू मन्त्री भएको। बिदा गर्नुपर्ने स्थिति आयो। कसैले विद्रोह गर्छु भनेको छैन।’

एकीकृत समाजवादीको आज पनि सचिवालय बैठक बसेको छ। बुधबारको सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको थियो।