अरु क्षेत्रमा मूल्य बढ्दा ह्वात्तै घट्यो नेपाल टेलिकमको महशुल, अब कति लाग्छ शुल्क ?

काठमाडौँ – नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी महशुल घटेको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।
इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले रु. २ हजार ५ सयबाट एक हजार ६ सयमा झारिएको छ भने २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २ हजार ३ सयबाट घटाएर एक हजार ६ सय कायम गरिएको छ ।
५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २ हजार १ सयबाट घटाएर १ हजार ९ सयमा झारिएको नेपाल टेलिकमका प्रबक्ता शोभन अधिकारीले बताए ।
अधिकारीका अनुसार इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल रु. २,७००। रहेकोमा अब रु. २,४००।, ११ देखि १०० एमबीपीएसको रु. २,४००। रहेकोमा अब रु. २,१००। र १०० एमबीपीएस भन्दा बढीको रु. २,१००। रहेकोमा अब रु. १,८००। कायम गरिएको छ ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।
- Internet Lease Line Tariff
Existing Tariffs per Month per Mbps(NRs) | New Tariffs per Mbps (NRs) | |
Bandwidth | per Month | Monthly |
1-20 Mbps | 2500 | 1600 |
21-50 Mbps | 2300 | 1600 |
51-100 Mbps | 2100 | 1500 |
>100 Mbps | 1900 | 1500 |
- Intranet Lease Line Tariff
Bandwidth | Existing Tariffs per Mbps (NRs) per month | New Tariffs per Mbps(NRs) per month |
1-10 Mbps | 2700 | 2400 |
11-100Mbps | 2400 | 2100 |
>100Mbps | 2100 | 1800 |
